नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7088 · वि.सं. २०५९

नि.नं. 7088 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्र्तगतको उत्प्रेषण परमादेश लगायत जो जे चाहिने आज्ञा आदेश जारी गरीपाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) वमोजिम सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित हुनको लागि सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको विवादमा त्यस्तो संवैधानिक वा कानूनी प्रश्नको निरुपणको लागि आवश्यक र उपयुक्त आदेश जारी गरी विवादको टुङ्गो लगाउने बिषय समेत समावेश रहेको हुनुपर्ने हुनाले कुनै पनि विवादमा सार्वजनिक हक वा सरोकारको बिषय मात्र समावेश हुनु नै सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग भै विवाद टुङ्गो लगाउने बिषयको लागि पर्याप्त हुने भन्ने नदेखिने । § सार्वजनिक हक वा सरोकारको विवाद र संवैधानिक वा कानूनी प्रश्न यी दुवै तत्वको अनिवार्य विद्यमानता हुनुपर्ने कुनै एकको अभावमा धारा ८८(२) को उक्त वाक्यांश वमोजिम सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित हुन नसक्ने भै त्यस्तो बिषय न्यायिक निरुपणको बिषय भित्र समेत पर्न नआउने । § सार्वजनिक हक वा सरोकारको बिषयमा विवादको निरुपण गर्नुपर्ने कानूनी वा संवैधानिक प्रश्न उल्लेख नगरेको अवस्थामा अदालत स्वयंले नै त्यस्तो प्रश्न वा बिषयको सिर्जना गरी विवादको निरुपण गर्नु कानून तथा न्यायका मान्य सिद्धान्तहरुवाट समेत अनुकूल नदेखिंने । § रिट निवेदनमा उल्लेख गरिएका योगी नरहरीनाथ विरुद्ध सम्माननीय प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला समेत भएको उत्प्रेषण मुद्दा प्रकाशमणि शर्मा वि.मन्त्रीपरिषद सचिवालय समेत भएको उत्प्रेषण मुद्दा प्रतिपादित सिद्धान्तहरु प्रस्तुत रिटमा सान्दर्भिक रहेको नदेखिई सार्वजनिक हक र सरोकारको बिषय के कस्तो बिषय हुने भन्नेसंग सम्वन्धित रहेको देखिंदा प्रस्तुत बिषयसंग सान्दर्भिक नहुने । § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत न्यायिक निरुपण गर्नुपर्ने बिषयको नदेखिंएको निवेदनमा अन्य तथ्यगत कुरातर्फ विचार गरिरहनु नपर्ने । (प्र.नं. १२ देखि १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7088
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्र्तगतको उत्प्रेषण परमादेश लगायत जो जे चाहिने आज्ञा आदेश जारी गरीपाउं ।
निर्णय वर्ष / मिति2059/05/27
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7088
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्