नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7094 · वि.सं. २०५९

नि.नं. 7094 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन उत्तर पुस्तिकाहरुमा अनियमितता देखिएको छ त्यस्ता उत्तरपुस्तिकाको आधारमा परीक्षा उत्तिर्ण भै सेवामा नियुक्ति पाउने ब्यक्ति र अनियमिततारहीत उत्तर पुस्तिकाका आधारमा परीक्षा उत्तिर्ण भै सेवामा प्रवेश पाउने ब्यक्तिलाई कारवाहीको तहमा समकक्षमा राख्न नमिल्ने। § प्रश्नपत्रको अनियमितता वा सम्पूर्ण परीक्षा नै अनियमित नभै केही ब्यक्तिहरुको उत्तरपुस्तिकाको सम्म अनियमितता देखिएको स्थितिमा सम्पूर्ण परीक्षा नै बदर गर्नुपर्ने औचित्य नदेखिने । § सम्वन्धित सार्वजनिक पद धारण गरेको व्यक्ति उपर मुद्दा चलाउने वा विभागीय कारवाही वा अन्य आवश्यक कारवाहीको लागि सिफारिश गर्न सम्म पाउने आफ्नो अधिकारक्षेत्रको परिधि वाहिर गई अन्ततः सवै रिट निवेदकहरु सेवा मुक्त हुन जाने प्रकृतिको परीक्षा नै वदर गर्न लेखी पठाउने गरी विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट गरिएको निर्णय औचित्यपूर्ण र न्यायोचित मान्न नमिल्ने । § आयोगको अनुसन्धानवाट विवादित परीक्षा प्रक्रियामा संलग्न भएका मध्ये दुषित नतिजा प्रकाशनका लागि सहभागी भएका जिम्मेदार व्यक्ति को को हुन ? स्पष्ट खुल्ने गरी कानून वमोजिम निर्णय गर्नु भनि विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाउंमा परमादेश जारी हुने । (प्र.नं. १० र ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7094
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2059/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7094
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्