नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7092 · वि.सं. २०५९

नि.नं. 7092 — गोली हानी हत्या ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रक्सी खाएर शाही सेनाका केही जवान हो हल्ला गरेको कारणबाट उत्पन्न स्थानीय गाउंलेहरुसंगको विवादका वारेमा जिम्मेवार सैनिकले रक्सी सेवन गरेको अवस्थामा लोड गरेको वन्दुक लिई गाउंले युवा समात्न जाने कार्यलाई कदापी उचित र कानूनसम्मत मान्न नसकिने । § मुलुकी ऐन ज्यान सम्वन्धीको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने परिभाषा हुनाले सो परिभाषा भित्र प्रस्तुत अपराध पर्न नआउने । § प्रतिवादी स्वयंले साविति भई गरेको वयान र त्यसबाट अपराधको तहकिकातको निरोपणमा सघाउ पुग्न गएको स्थितिलाई विचार गर्दा मुलुकी ऐन अ.व. १८८ नं. वमोजिम ७(सात) वर्ष मात्र कैद सजाय हुने । (प्र.नं. २७ र २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7092
मुद्दाको विषयगोली हानी हत्या ।
निर्णय वर्ष / मिति2058/07/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7092
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्