नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7090 · वि.सं. २०५९

नि.नं. 7090 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि विधायिकी विवेक प्रयोग भै तर्जुमा भएका कानूनी व्यवस्थाको धारा ८८(१) अनुसार सर्वोच्च अदालत आफैले कारणहरु खोजी संवैधानिक जाँच गर्ने नभै सो धारा वमोजिम पर्न आएको निवेदनमा निवेदकले उल्लेख गरेका आधार र कारणको कसीमा जाँच र परीक्षण हुने र त्यस्तो आधार एवं कारण भन्दा बाहिर गै विवादको निरुपण गर्नु उक्त संवैधानिक व्यवस्थासम्मत नहुने । § ऐनको व्यवस्थाहरु संविधानसम्मत छैन भन्ने विषयमा निवेदकले कुनै कारण नै नदेखाइएकोले केवल वाझिएको छ भन्ने उल्लेख भएकै कारणवाट मात्र संवैधानिक परीक्षण हुन नसक्ने । § संविधानद्वारा प्रदत्त समानताको हक निरपेक्ष हक नभै समान अवस्थाका व्यक्तिहरु वीच मात्र सापेक्ष रुपमा समान किसिमले लागू हुने हक भएको हुँदा रिट निवदेक संग वा कुनै निर्माण व्यवसायीसंग समान अवस्था रहेका के कस्ता निर्माण व्यवसायीहरुलाई असमान किसिमले नेपाल निर्माण व्यवसायी महासंघको सदस्यता समेत नलिई कुनै इजाजत पत्र नवीकरण गरी दिई बिपक्षीहरुले असमान व्यवहार गरेको भन्ने निवेदनमा कहि कतै उल्लेख गर्न नसक्नाले ऐनद्वारा मान्यता प्राप्त नेपाल निर्माण व्यवसायी महासंघको सदस्यता नं. र नवीकरण मिति उल्लेख गर्नुपर्ने गरी इजाजत पत्रको नवीकरण गर्दा दिइने दरखास्तमा तोकिएका शर्तले कुनै निर्माण व्यवसायीको समानता, पेशा, रोजगार, उद्योग, व्यापार तथा संघ संस्था खोल्ने स्वतन्त्रतामा नै असंवैधानिक किसिमले अनुचित वन्देज लगायो भन्न नमिल्ने । (प्र.नं. १२ र १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7090
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2059/05/27
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7090
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्