नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7096 · वि.सं. २०५९

नि.नं. 7096 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फैसला बमोजिम जग्गा छुटयाई पाउं भनि एक पक्षले दिएको निवेदनको आधारमा अर्को पक्षलाई आफ्नो भनाइ राख्ने मौका नदिई जग्गा छुटयाउने गरेको कार्य प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूलको हुने । § सर्जमिन मुचुल्का उठाउनु कारवाहीको एउटा प्रक्रिया र अर्को पक्षलाई सुनुवाइको मौका प्रदान गर्नु प्राकृतिक न्यायको सिद्धान्तको आधारभूत मान्यता भएकोले न्याय सम्पादनको शास्वत मान्यता भित्र नै प्रवेश नगरी गरेको कार्य त्रुटिपूर्ण हुने । § निवेदकहरुलाई जग्गा छुट्याउंदा कुनै सूचना तथा जानकारी नै नदिई नरमकरम मिलाई जग्गा वांडफांड गरिएको भनिएको कार्य प्राकृतिक न्यायको सिद्धान्त विरुद्धको देखिंदा मालपोत कार्यालय कलंकीवाट २०५६।६।१३ मा गरिएको दा.खा. नामसारी गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १० र ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7096
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2059/01/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7096
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्