नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7076 · वि.सं. २०५९

नि.नं. 7076 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेनको लिखत र करारको लिखतको प्रकृतिमा केही भिन्नता रहेकोले लेनदेन र करारलाई तदनुकूल वेग्ला वेग्लै कानूनको परिप्रेक्ष्यमा हेर्नुपर्ने । § करारीय लिखतमा लिखतको पक्षहरुको परस्परको हक दायित्वलाई लिखतको व्यहोरामा शर्त वन्देज खुलाई निश्चित गर्ने हुँदा करारका पक्षहरुको अभिप्राय सोही शर्त वन्देज अनुकूल हुने। § लिखतमा अभिव्यक्त करारीय पक्षहरुको अभिप्राय वाहिर गै त्यस्को सट्टा अड्डा अदालतबाट लेनदेन व्यवहारको वेग्लै विषयको कानून प्रयोग हुनु करार कानूनको मौलिक अवधारणा कै प्रतिकूल हुन जाने । § करारका पक्षहरुको अभिप्रायलाई प्रभाव दिनु अदालतको कर्तव्य हुन्छ र सो बाहेक लिखतको अभिप्राय बाहिर गै अदालतले आफ्नो सोचलाई प्रभावी बनाउन मिल्दैन । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7076
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2058/11/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7076
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्