नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7060 · वि.सं. २०५९
नि.नं. 7060 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ करारको लिखत भन्दा अलग्गै वैना रकमको लेनदेन सम्वन्धी लिखतको विषयमा प्रस्तुत फिराद पर्न आएको देखिएवाट करारको लिखतको शर्त सम्वन्धमा फिराद परको मान्न नमिल्ने। § वैना कागज अन्तर्गतको विषयमा पनि करार ऐन, २०२३ वमोजिम नालेस गर्नुपर्ने भन्न मिल्ने नहुंदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद गरेकोलाई अन्यथा भन्न नमिल्ने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7060 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2058/11/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी प्रस्तुत रायमा असहमत हुनु भएको हुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) वमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलाशमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसंग सहमत हुन नसकेकोले र सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय । | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरीको राय सदर हुनु पर्दछ भन्ने र प्रत्यर्थी वादीका तर्फवाट विद्वान अधिवक्ता श्री शंभु थापा र श्री ईश्वरी भट्टराईले प्रतिवादीले वैना दिएको तथ्यलाई स्वीकार गरी वैना रकम मध्ये केही रकम वादीलाई फिर्ता समेत गरी सकेको स्थितिमा फेरि त्यस्तो वांकी रकम फिर्ता गर्नु पर्दैन भन्न मिल्दैन । करारको लिखत र बैना दिएको भरपाई लिखत छुट्टाछुट्टै छ । दुईवटा लिखत छुट्टाछुट्टै भएको र भरपाईको विषयमा के हुने भनि करारको लिखतमा उल्लेख नभएको अवस्थामा दुइवटै उपचार उपलव्ध हुँदा त्यस्तो उपचार पक्षले रोज्न पाउने नै हुन्छ | माननीय न्यायाधीश श्री कुष्णजंग रायमाझीको राय सदर हुन पर्दछ भनि गर्नु भएको वहस समेत सुनियो । विद्वान कानून व्यवसायीहरुको उल्लेखित वहस जिकिर समेत सुनी निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट भएको फैसला मिलेको छ छैन | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7060 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
