नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7050 · वि.सं. २०५८

नि.नं. 7050 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदकलाई नेपाल विद्युत प्राविधिकरण कर्मचारी सेवा विनियमावली, विपरित कार्य गरी जानी जानी प्राधिकरणलाई हानी नोक्सानी पुर्‍याउने नियतले हिनामिना गरेको आरोपमा भविष्यमा प्राविकरणको सेवाको लागि अयोग्य ठहरिने गरी प्राधिकरण विभागीय कारवाई समितिबाट मिति २०५४।११।१२ को निर्णयले सेवा मुक्त गरेको र सोहि निर्णयलाई प्राधिकरणको पुनरावेदन समितिले प्राधिकरणको पुनरावेदन समितिले सदर गरेको देखिन आउँछ । रिट निवेदन र निवेदक तर्फबाट विद्वान अधिवक्ताहरुको वहसमा मूलतः २०५१ सालको ने.का.प. पृष्ट ११ मा प्रकाशित सिद्धान्तको उल्लेख गर्दै वर्खास्तीको सजाय गर्ने अधिकारीले नै स्पष्टीकरण माग गर्नुपर्ने जिकिर लिनु भएकोमा नेपाल विद्युत प्राधिकरण कर्मचारी विनियमावलीको विनियम १२० (१) मा स्पष्ट वेग्लै किसिमको व्यवस्था गरेको देखिन आउँछ । स्पष्टीकरण लिने अधिकारी र अवकाश दिने अधिकारी वेग्ला वेग्लै रहेको कानूनको स्पष्ट व्यवस्था भई राखेकोमा वाहेक कानूनमा स्पष्ट व्यवस्था नरहेको अवस्थामा लागु हुने उल्लेखित सिद्धान्त प्रस्तुत रिटको सन्दर्भमा आकर्षित हुने देखिन आएन । कानूनको स्पष्ट व्यवस्था सैदान्तिक शुत्रको अपवादको रुपमा लागू हुन्छ र कानूनमा लेखिएको कुरा उपर सैद्धान्तिक शुत्रहरु अभिधावी (suprsede) हुने गरी लागु गर्न मिल्दैन । तर्सथ विपक्षी प्राधिकरणको दिग्दर्शन, २०४८ को व्यवस्थाले हेडक्यासियरको कार्य गर्ने कर्मचारीले संकलित सवै रकमहरु प्राधिकरणको खातामा जम्मा गर्नु पर्ने र संकलित रकमको हिसाव किताव दुरुस्त राख्नु पर्ने जवाफदेहि निर्वाह गर्नुपर्ने देखिन आउँछ । काउण्टरको रसिद वमोजिम काउण्टरको कर्मचारीले रकम वुझाएको छ कि छैन हेरी वुझी लिनु पर्नेमा कानून बमोजिम निर्धारित कर्तव्य जानी बुझी पालन नगर्ने निवेदक उपर प्राधिकरणको अधिकार प्राप्त अधिकारीबाट कारवाई भएको देखिएको कानून अनुरुप नै हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.जं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7050
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2058/06/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7050
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्