नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7049 · वि.सं. २०५८
नि.नं. 7049 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट निवेदकले विपक्षी नेपाल बैङ्क लिमिटेडसँग लिएको कर्जाको रीतपूर्वक सुरक्षण दिन नसकी सो कर्जा म्याद भित्र चुक्ता नगरेको समेत कारणबाट विपक्षी बैङ्कको थैली सम्बन्धमा निवेदकको जायजेथाबाट निवेदकको अंश हक लाग्ने कि. नं. १०१५ को घरजग्गाबाट भरि पाउँने फैसला भएको र अदालतको सो फैसला बमोजिम ऋणीको जायजेथाबाट भरी भराउँको कारवाही हुँदा रिट निवेदक वाहकका दाजु भाई ३ जना अमुतमान, वैकुण्ठ समेतले दायर गरेको रिट निवेदन २०४९ सालमा नै खारेज भएको भन्ने देखिन आउँछ । आफूले लिएको कर्जा म्याद भित्र चुक्ता नगर्ने रिट निवेदक जस्तो अदालतको फैसलाबाट समेत कर्जा पचाउने (Defaulter) ठहरिएको ऋणिलाई अदालत तहसिलबाट भैराखेको कानून वमोजिमको भरिभराउको कारवाहीलाई रिट क्षेत्रबाट हस्तक्षेप गर्नुपर्ने कुनै पनि औचित्य देखिन आउँदैन । जिल्ला अदालतको फैसला कार्यान्वयन सम्बन्धी कार्यमा चित्त नवुझे दण्ड सजायको ६१ नं. मा व्यवस्था गरे वमोजिम गर्नुपर्ने भनी ने.का.प. २०५६, अंक ८, नि.नं. २७५२, पृष्ठ ५६८ बाट निर्णय भएको र प्रस्तुत विवाद पनि नेपाल बैँक लिमिटेडको लेनदेन मुद्दा परी निवेदकको घरजग्गा तायदाती भै लिलाम भए सम्बन्धमा निवेदकको चित्त नवुझे दण्ड सजायको ६१ नं. मा भएको व्यवस्था वमोजिम तहसिलदारको कारवाही उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्नुपर्नेमा सो वमोजिमको उपचारको लागि नगै प्रस्तुत रिट दायर गरेको देखियो । कानूनले निर्दिष्ट गरे बमोजिमको प्रभावकारी वैकल्पिक उपचारको असाधारण अधिकारक्षेत्र गुहार्न आएको पक्षलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) को उपचार प्रदान हुन नसक्ने देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7049 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2058/10/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री मीनबहदुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7049 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
