नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7028 · वि.सं. २०५८
नि.नं. 7028 — झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अरुणकुमार यादवको नामको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र काठमाडौंमा डेरा गरी बस्ने भारत दिल्ली निवासी अमित बंशलको डेराबाट बरामद भई सो नागरिकतामा टाँसेको फोटो निज अमितको हो भनि घर धनिले लेखाई दिएको, अरुण कुमार नाम गरेको व्यक्ति अदालतमा उपस्थित हुन नसकेको, निज हाल कहाँ छ सो समेत प्रतिबादीहरुले देखाउन खुलाउन नसकेको एंव छटु राउतको जेठा छोरा राम प्रसादले अरुण कुमार नाम गरेको कुनै भाई छैन भनि जिल्ला प्रहरी कार्यालयमा गई निबेदन दिई सनाखत समेत गरेबाट सो नागरिकता प्राप्त गर्न दिएको दरखास्तमा टाँसेको फोटो छटु राउतको छोराको नभई भारत दिल्ली निवासी अमित बंशल नाम बताउने व्यक्तिको हो भन्ने कुरा उल्लेखित प्रमाण कागजबाट देखिन आएबाट प्रतिबादीहरुले झुठ्ठा बिवरण देखाइ गैर नेपाली नागरिकलाई नेपाली नागरिकता प्रमाण पत्र दिलाउन सिफारिशका साथै सनाखत समेत गरी नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसुर गरेको प्रमाणित हुन आयो । § प्रतिबादी दिनानाथ बिद्याकान्तले प्र.अरुण कुमारलाई सिफारिश गरि नागरिकता दिलाएकोमा साबित छन छटुको जेठा छोरा राम प्रसादले दिएको मिति २०५०।८।२३ को निबेदनमा अरुण कुमार नाम गरेको छोरा छैन भनि उल्लेख गरेको कुरा निजले सनाखत गरेको अंश मुद्दामा बादी राम प्रसादले आफनो फिरादमा घ भाइ मात्र रहेकोले ३ बण्डाको १ बण्डा अंश पाउँ भनि २०५० सालमा दिएको अंश मुद्दामा अरुण कुमारलाई अंशियार नदेखिएकोमा पछि मिलापत्र गर्दा बिदेश गएको छ भनि सगोलमा रहने गरी मिलापत्र गरेको र मुद्दा परे पछि बनाएको प्रमाण देखिन्छ । नागरिकताको प्रमाण पत्र नागरिकको हैसियत चिन्ह (Status Symbol) भएकोमा प्रतिबादीहरुले सम्बन्धित व्यक्ति कै भनाइमा लागि सिफारिश गरी झुठ्ठा बिवरण दिएको समेत देखिंदा प्रतिबादीहरुले कसुर गरेको ठहर्याउनु पर्नेमा पुनराबेदन अदालत हेटौडाले सफाइ दिएको नमिलेकोले उल्टी हुन] । (प्र.नं. २९ र ३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7028 |
|---|---|
| मुद्दाको विषय | झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको । |
| निर्णय वर्ष / मिति | 2058/03/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7028 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
