सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १८८ / ४४०

नि.नं. 7025वि.सं. २०५८संयुक्त इजलास

वन्दिप्रत्यक्षीकरणको आदेश जारी गरीपाउं ।

· फैसला वमोजिम भरी पाउने ठहरेको विगो प्रतिवादीको यो यो अचल सम्पत्तिवाट भरी पाउ भनी प्रतिवादीको जेथा देखाई लेनदेन मुद्दाको वादी वावुकाजी शेर्पाले दरखास्त दिएकोमा मालपोत कार्यालय वुझ्दा सो घर जग्गा ऋण सुरक्षण कृषि विकास वैक वाम्तीवाट रोक्का धितो रहेको भन्ने मालप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7024वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण ।

§ भूमि सम्बन्धी ऐन, २०२१ र नियम वमोजिम जग्गा वांडफांड सम्बन्धी निवेदन परेकोमा त्यस्तो निवेदन उजुरी दिने व्यक्ति मोही हुन सक्ने हो होइन भन्ने सवुद प्रमाण बुझि निर्णय गर्नुपर्ने कुरामा छोरीको जग्गामा वावु मोही हुन नसक्ने भनि विना आधार प्रमाण नै निर्णय गरेको देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7023वि.सं. २०५८संयुक्त इजलास

मोही ।

§ विवादको जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा नगरी जानीजानी पर्ता राखी सो सालको कुत समेत नबुझाएको हुँदा मोहीबाट निस्कासन गरी पाऊँ भन्ने दावी रहेको देखिन्छ । वादी दावीको जग्गामा ०५२ सालको वाली जोतकोड गरी लगाएको छु। ०५२ साल माघ ५२ गते कुत समेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7022वि.सं. २०५८पूर्ण इजलास

हक कायम निर्णय वदर ।

§ मुद्दा हारजीत भई फैसला भएपछि सगोलमा रहेकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं.को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भै मुद्दाको अन्तिम हुने सिद्धान्त (Finality of Decision) को प्रतिकूल हुन जाने हुन्छ । घरको मुख्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7021वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषण ।

§ निजामती कर्मचारीहरुको बर्गीय तथा व्यवसायिक संगठनको रुपमा संस्था खडा गर्न श्री ५ को सरकारले मिति २०४७।३।१२ मा समिति समेत गठन गरेको र त्यस समितिले निजामती कर्मचारीहरुको संगठन खडा गर्ने बारेमा प्रतिवेदन समेत श्री ५ को सरकारमा पेश गरेको देखिन्छ । सो समितिको प्रत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7020वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ वालवालिकाहरुको संरक्षण र विकासका लागि कानूनद्वारा गरिएका यस्ता विशेष व्यवस्थाको प्रयोजन नावालकहरुको हकहित प्रतिकुल मौलिक हकमा वन्देज लगाउने गरी व्याख्या हुन सक्ने देखिदैन । उमेरको कारण नावालकहरुबाट गरिएको व्यवहारलाई नावालकहरुको प्रतिकुल कानूनी मान्यता हुन नस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7019वि.सं. २०५८विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम उत्प्रेषण समेतको आदेश जारी गरी पाउं ।

§ नेपाल नागरिकता ऐन, २०२० तथा नियमावली,२०४९ मा नेपालीलाई नागरिकताको प्रमाणपत्र दिने अधिकार सम्बन्धीत प्रमुख जिल्ला अधिकारीलाई हुने गरी स्पष्ट कानूनी व्यवस्था गरिएकोमा त्यस्तो अधिकार निजले अरुलाई प्रत्यायोजन गर्न सक्ने सम्बन्धमा नागरिकता ऐन तथा नियमावलीमा नै स्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7018वि.सं. २०५८विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(१) र (२) बमोजिम उत्प्रेषण समेतको आदेश जारी गरी पाउं ।

§ रेडियो जस्तो आमसंचारको माध्यमबाट सर्वसाधारण जनताले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा सार्वजनिक महत्वको विषयमा सूचना पाउने हकको उपभोग हुने हुन्छ । त्यस्तो माध्यमबाट प्रसारण हुने कार्यक्रममा सर्वसाधारण श्रोताको हितालाई प्राथमिकता दिनुपर्ने हुनाले त्यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7017वि.सं. २०५८पूर्ण इजलास

मोही लगत कट्टा गरीपाउं ।

§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ क ले मोहियानीहक खरिद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने कानूनी व्यवस्थाबाट जग्गा किनबेच हुंदा जग्गाको स्वामित्व सम्बन्धी हकको मात्र किनबेच हुन सक्ने देखिन्छ । यसरी जग्गाको स्वामित्व २०२६।११।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7016वि.सं. २०५८विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१) र ८८(२) अनुसार उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने अन्य आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।

· सामान्य कानून मुलुकी ऐनका कतिपय व्यवस्थाहरुमा धर्मशास्त्रका प्रभाव पनि रहेको कुरा यस्को प्रस्तावनाको अध्ययनबाट बोध हुन्छ । विवाद नभएको हाडनाता करणी गर्नेको १०क. ले आफ्नो जात र कूलमा चली आएको चलनलाई मान्यता दिएको छ । प्रचलित परम्पराको मर्यादा राखी सनातन देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7015वि.सं. २०५८पूर्ण इजलास

कर्तव्य ज्यान

बेरितको आदेश वदर गरीपाउँ ।

§ फौज्दारी मुद्दाका अभियुक्तले अदालतवाट भएको आदेशलाई स्वीकार गरी समर्पण गरेपछि मात्र निजको सुनुवाई हुने "First Surrender then hear" भन्ने सिद्धान्तलाई कानूनले अंगीकार गरेको देखिन आउंछ । त्यस्तै अ.वं. १९४ नं. मा फैसला गर्ने अड्डाले फौजदारी मुद्दामा फैसला हुँदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7014वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ ।

§ निवेदकहरुको साविक वमोजिमको पूजा आजा आदिको कार्यमा वाधा अवरोध हुने गरी करार भएको नदेखिनुको साथै गुठी संस्थानको लिखित जवाफको प्रकरण नं. ७ मा ‘देवस्थल र सत्तलमा परम्परा बमोजिमको धार्मिक कार्य निरन्तर रुपमा हुन दिने कुरामा संस्थान प्रतिबद्ध भएको भन्ने र काठमाडौं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7013वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ म्याद तामेली वेरीतपूर्वक भएकोले वदर गरी पुनः म्याद तामेली गरी पाउँ भनी पुनरावेदन अदालतमा अ.वं. १७ नं. वमोजिम निवेदन परिसकेको अवस्थामा उक्त तामेली रीतपूर्वकको छ, छैन सो सम्वन्धमा हेरी जाँची वुझी उक्त तामेली म्याद कानूनी प्रकृया वमोजिम तामेल भएको छ छैन सो सम्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7012वि.सं. २०५८संयुक्त इजलास

अंश चलन ।

अंश चलन

§ वादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन र प्रतिवादी वांके विहारी वाहुन अंशियार दाजु भाइ भएको कुरामा कुनै विवाद रहेको देखिएको छैन । प्रतिवादी वांके विहारी वाहुनको विवाह नेपालमा भै दाजु भाइ दुवै जना नेपाल आउंदाको अवस्था निजहरु छुट्टी वेगल भै सकेको भन्ने सवूद प्रम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7011वि.सं. २०५८संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्यज्यान

§ प्रतिवादी बलबहादुर थामी तथा चन्द्रबहादुर थामीले आफूहरुले अयोध्या तिमिल्सिनाको वर्ष १० को अवोध वालिका रीता कार्की समेतलाई जवरजस्ती करणी गरी जवरजस्ती करणी गरेपश्चात धारिलो हतियार प्रयोग गरी निज अयोध्या तिमिल्सिना, रीता कार्की एवं डिल्ली प्रसाद तिमिल्सिना समेतल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7010वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भन्ने कानुन व्याख्याको सिद्धान्त सन्दर्भवाट सम्वन्धित कानूनको के कस्तो अर्थ लाग्ने हो हेर्नु पर्दछ भन्ने कुरामा आधारित भएको छ । वारेश मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति होइन । मुद्दाका पक्ष विपक्ष वा वाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7009वि.सं. २०५८संयुक्त इजलास

उत्प्रेषण

§ प्रतिवादीको घर दैलामा मिति २०५४।८।१८ मा टाँस भएको लिलाम सम्बन्धी म्याद टाँस मुचुल्का हेर्दा उक्त म्याद टांस्दा देख्ने भनिएका साक्षीहरुमा सम्बन्धित वडाको भलाद्‌मी साक्षी नराखी अ.वं. ११० नं. बिपरीत वडा नं. ६ का व्यक्तिहरुलाई साक्षी राखेको देखिन्छ । निज वडा नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7008वि.सं. २०५८पूर्ण इजलास

उत्प्रेषण ।

§ श्रम ऐन, २०४८ को परिच्देछ ८ को दफा ५० को (घ) वमोजिम सेवावाट नै हटाउने सजाय दिइएकोमा त्यस्तो सजाय उपर पुनरावेदन गर्न पाउने सोही परिच्छेदको दफा ६०(ग) मा व्यवस्था भइरहेको पाइन्छ । यस्तो अवस्थामा सेवामा वहाल रहि रहेको अवस्थामा झै दावी वा उजुरी दिइ रहन पाउने भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7007वि.सं. २०५८पूर्ण इजलास

लिखत दर्ता वदर ।

§ न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) बमोजिम सर्वोच्च अदालतको आफ्नो फैसला वा अन्तिम आदेश उपर मात्र पुनरावलोकन हुन सक्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको छ, सर्वोच्च अदालतबाट फैसला भएको छैन । दोहोर्‍याउने निस्सा प्रदान नगर्ने निर्णय मात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7006वि.सं. २०५८विशेष इजलास

उत्प्रेषण समेत

§ बिशेष अदालतले राजपत्रमा सूचना प्रकाशित भएको मितिले पन्ध्रौं दिन देखि आफ्नो अधिकारक्षेत्र ग्रहण गर्ने भएकोले सो मिति भन्दा अगाडि र पछाडि माथि उल्लेखित ऐन अन्तर्गत सजाय हुने मुद्दाहरु पनि आफैमा अलग अलग वर्ग वा समूह (Group or class of cases) का मुद्दाहरु भएकाले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7005वि.सं. २०५८संयुक्त इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिमको आदेश जारी गरी पाउँ ।

§ स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा ३३ र १०१ अनुसार श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको मिति देखि गाउँ विकास समिति र नगरपालिकालाई आ आफ्नो क्षेत्र भित्रको स्थानीय स्वायत्तशासन ऐन, २०५५ को दफा ३३ र १०१ मा तोकिएको मुद्दाहरुको शुरु कारव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7004वि.सं. २०५८पूर्ण इजलास

प्रतिषेध समेत

§ बिमा व्यवसायलाई व्यवस्थित नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि बिमा ऐन, २०४९ अनुसार गठित बिमा समितीले बिमा ऐन, २०४९ तथा बिमा नियमावली, २०५२ व्दारा निर्धारित प्रक्रिया पूरा गरी बिमा व्यवसाय संचालन गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थालाई बिमकको रुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7003वि.सं. २०५८विशेष इजलास

परमादेश समेत ।

§ विद्यालयहरुको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्ने मूलभूत उद्देश्य लिएर शिक्षा ऐन, २०२८ बनाइएको भन्ने कुरा उक्त ऐनको प्रस्तावनाबाट देखिन्छ । त्यस प्रकारको विशेष उद्देश्य लिएर बनेको विशेष ऐन तथा सो ऐन अन्तर्गत बनेको नियमावलीमा भएको विद्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7002वि.सं. २०५८पूर्ण इजलास

जग्गा खिचोला ।

§ पारित लिखत जेठो भै पछि गरेको भएपनि त्यसले मान्यता पाउने सिद्धान्त यस अदालतवाट प्रतिपाद भै रहेको परिप्रेक्षमा पुनरावेदन अदालतले लिएको निर्णयाधार त्रुटिपूर्ण देखिन आयो । यी वादीको लिखत अदालतको फैसला अनुसार ०३२।४।८ मा पारित भएको र धनवहादुरको लिखत घरसारको देखिंद…

नजिर सार पढ्नुहोस् →