नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7009 · वि.सं. २०५८

नि.नं. 7009 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीको घर दैलामा मिति २०५४।८।१८ मा टाँस भएको लिलाम सम्बन्धी म्याद टाँस मुचुल्का हेर्दा उक्त म्याद टांस्दा देख्ने भनिएका साक्षीहरुमा सम्बन्धित वडाको भलाद्‌मी साक्षी नराखी अ.वं. ११० नं. बिपरीत वडा नं. ६ का व्यक्तिहरुलाई साक्षी राखेको देखिन्छ । निज वडा नं. ६ का भलाद्‌मी साक्षीहरु प्रतिवादीको छर छिमेकका व्यक्ति हुन भन्ने पनि नदेखिएकोले यि निवेदक प्रतिवादीले मिति २०५४।९।७ मा लिलाम गर्ने भनि १५ दिने म्यादको सूचना प्राप्त गरेको भनि मान्न कानूनतः मिल्ने देखिएन । त्यस्तो कानूनको रीत नपुगेको लिलाम सम्बन्धी म्याद टाँसको सूचनाको आधारमा रीतपूर्वककै म्याद सम्झी पर्सा जिल्ला अदालतको तहसिलदारवाट मिति २०५४।९।७ मा भएको लिलामी र सो लिलामी मुचुल्कालाई सदर गर्ने गरेको पर्सा जिल्ला अदालतको मिति २०५४।९।२५ को र पुनरावेदन अदालत हेटौंडाको मिति २०५५।२।२२ को आदेश कानूनसंगत नदेखिंदा वदर गरि दिएको छ । पुनः कानून वमोजिम कारवाही गर्नु भनि बिपक्षी पर्सा जिल्ला अदालतको नाममा परमादेश समेत जारी हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7009
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2057/12/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7009
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्