नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7002 · वि.सं. २०५८
नि.नं. 7002 — जग्गा खिचोला ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पारित लिखत जेठो भै पछि गरेको भएपनि त्यसले मान्यता पाउने सिद्धान्त यस अदालतवाट प्रतिपाद भै रहेको परिप्रेक्षमा पुनरावेदन अदालतले लिएको निर्णयाधार त्रुटिपूर्ण देखिन आयो । यी वादीको लिखत अदालतको फैसला अनुसार ०३२।४।८ मा पारित भएको र धनवहादुरको लिखत घरसारको देखिंदा वादीको लिखत पछिको भएकोले मान्यता नपाउने भन्न मिलेन । जुन लिखत पहिले पारित भएको छ उसैले मान्यता पाउने हुन्छ । § प्रतिवादी धनवहादुरको घर रहेको भन्ने आधारमा सो जग्गा निवेदक वादीको नठहर्ने हो कि भन्नलाई वादीको रीतपूर्वकको लिखत वमोजिमको सो जग्गा हो भन्नेमा विवाद देखिएन । घरमा दावी नरहेकोले सो घर वाहेकको न.नं. १७ को जग्गा समेत वादीको लिखत वमोजिम कै देखिन आएकोले सोमा दावी नपुग्ने ठहर गरेको शुरु दोलखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेकोले सो उपर दोहोर्याउने निस्सा समेतको आदेश दिने नगरेको यस अदालत संयुक्त इजलासको मिति ०५३।१।१२ को आदेश समेत उल्लेखित नजिर समेतका परिप्रेक्षमा त्रुटिपूर्ण हुँदा वदर भै न.नं. १७ को जग्गामध्ये घर रहेको जग्गा वाहेकमा वादी दावी वमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्ने । (प्र.नं. २७ र २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7002 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला । |
| निर्णय वर्ष / मिति | 2058/02/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7002 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
