नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7017 · वि.सं. २०५८
नि.नं. 7017 — मोही लगत कट्टा गरीपाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ क ले मोहियानीहक खरिद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने कानूनी व्यवस्थाबाट जग्गा किनबेच हुंदा जग्गाको स्वामित्व सम्बन्धी हकको मात्र किनबेच हुन सक्ने देखिन्छ । यसरी जग्गाको स्वामित्व २०२६।११।१५ मा अनसदरुबाट जुगुतलाले खरिद गरेको र अंशबाट ताजि सरदारले हक प्राप्त गरेको र २०२६ सालमा जग्गा खरिद गर्दा नै मोही विपक्षी प्रतिवादी ठेकनु सरदार भएको देखिंदा साविक जग्गाधनीबाट यी प्रत्यर्थी प्रतिवादीको मोहियानी हक समेत खरिद भै एकपरिवारको हैसियतले निजको मोहियानी हक स्वतः निस्कृय भएको भन्ने भनाईंसंग सहमत हुन सकिएन । त्यसमा पनि प्रस्तुत मुद्दा पर्दाको अवस्थामा जग्गा एकासगोलको परिवारमा रहेको नदेखिंदा पुनरावेदन जिकिर बमोजिम मोही लगत कट्टा हुने अवस्था देखिन नआउने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7017 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कट्टा गरीपाउं । |
| निर्णय वर्ष / मिति | 2058/04/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठको भिन्न राय भएको हुंदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको रायसंग सहमति नहुंदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५७।७।७ को फैसला । | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विपक्षी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले २०२६ सालमा जग्गा खरिद गर्नु पूर्व देखिकै प्रतिवादी मोही भएकोले निज साविक देखिकै मोही रहेकोमा विवाद छैन । वण्डाबाट अरु अंशियारका नाउँमा परेको | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7017 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
