नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7022 · वि.सं. २०५८
नि.नं. 7022 — हक कायम निर्णय वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुद्दा हारजीत भई फैसला भएपछि सगोलमा रहेकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं.को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भै मुद्दाको अन्तिम हुने सिद्धान्त (Finality of Decision) को प्रतिकूल हुन जाने हुन्छ । घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आकर्षित हुने अवस्था देखिँदैन । वादीकी आमासंगको मुद्दामा सानुभाईको छोरा कायम भएको व्यक्ति विपक्षी प्रतिवादी मेरो नाताको होइन भन्ने हक यी वादीलाई रहने देखिँदैन भने सो तर्फ स्पष्ट दावी पनि छैन । यसरी एकासगोलकी मुख्य भई काम गर्ने आमा हेराकेशरीले निजलाई प्रतिवादी बनाई घर खिचोला गरे उपर प्र. छिरिङले दिएको मुद्दामा छिरिङ फिन्छोक सानुभाईको छोरा ठहरी भएको म.क्षे.अ.को ०३३।२।२४ को फैसला अन्तिम भएको, सो फैसलाको आधारमा प्र.छिरिङले दावीको घर कूलवीर सिंहबाट भूमी प्रशासन कार्यालयमा थैली राखी निखनी लिएको, सो निखनी पाएको निर्णय वदर नभै अन्तिम बसेको यस अवस्थामा मौकैमा उजुर गरी निर्णय वदर नगराई २०३७ सालमा मात्र ०३३ सालको फैसला वदर गरी पाऊँ भनी फिराद लिई दावी गर्ने हकदैया वादीको हुन्छ भन्न नमिल्ने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7022 |
|---|---|
| मुद्दाको विषय | हक कायम निर्णय वदर । |
| निर्णय वर्ष / मिति | 2058/04/32 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7022 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
