नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7010 · वि.सं. २०५८
नि.नं. 7010 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भन्ने कानुन व्याख्याको सिद्धान्त सन्दर्भवाट सम्वन्धित कानूनको के कस्तो अर्थ लाग्ने हो हेर्नु पर्दछ भन्ने कुरामा आधारित भएको छ । वारेश मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति होइन । मुद्दाका पक्ष विपक्ष वा वादी प्रतिवादी उपस्थित हुनुपर्ने व्यक्ति भन्ने कुरा मुद्दामा उपस्थित हुनु पर्ने भन्ने शव्दावलीले प्रष्ट गर्दछ । वारेशको आफ्नो मुद्दा हुँदैन । त्यसैले वारेशलाई मुद्दाको पक्ष भन्न नमिल्ने हुन्छ । मुलुकी ऐन अ.वं. ६२(३) नं. को व्यवस्था मुद्दा सकार गर्ने सम्बन्धी व्यवस्था हो । मुद्दाका हाजीर हुनु पर्ने पक्ष मरी, वहुलाए, वेपत्ता भएमा निजको दैयादरले ३५ (पैतिस) दिन भित्र मुद्दा सकार गर्ने अवस्था पर्दछ । वारेशको आफ्नो मुद्दा नहुने हुँदा वारेसको दैयादारको रुपमा मुद्दाको सम्बन्धित पक्ष कायम हुन सक्ने हुँदैन । § मुद्दाको पक्षको दैयादारले मुद्दामा उपस्थित हुनुपर्ने पक्ष मरे, वहुलाए वा वेपत्ता भएमा सो मितिले ३५ दिन भित्र मुद्दा सकार गर्न पर्ने कानूनी व्यवस्था भएकोले त्यस्ता दैयादार वारेशको दैयादार भन्न नमिली मुद्दाका पक्षको दैयादारलाइ जनाउने हुँदा समेत वारेश वेपत्ता भएको कारणले मुद्दा सकार गर्न पाउने कानूनी व्यवस्था नदेखिंने । (प्र.नं. १० र ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7010 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2058/02/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7010 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
