नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7011 · वि.सं. २०५८

नि.नं. 7011 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी बलबहादुर थामी तथा चन्द्रबहादुर थामीले आफूहरुले अयोध्या तिमिल्सिनाको वर्ष १० को अवोध वालिका रीता कार्की समेतलाई जवरजस्ती करणी गरी जवरजस्ती करणी गरेपश्चात धारिलो हतियार प्रयोग गरी निज अयोध्या तिमिल्सिना, रीता कार्की एवं डिल्ली प्रसाद तिमिल्सिना समेतलाई कर्तव्य गरी मारेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि समर्थन भै रहेको हुँदा मृतक अयोध्या तिमिल्सिना, अवोध नावालक रीता कार्की समेतलाई जवरजस्ती करणी जस्तो जघन्य अपराध गरी सो अपराध पश्चात आफूले गरेको अपराध लुकाउन छिपाउन निज अयोध्या तिमिल्सिना, रीता कार्कीलाई जवरजस्ती करणी गरेको देखि थाहा पाउने छोरालाई अमानुषिक तवरले ज्यान मार्ने कसूर गरेका प्रतिवादी बल बहादुर थामी र चन्द्र बहादुर थामी (गुरुङ्ग) लाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा ऐ.को १३(१) बमोजिम सर्वश्व सहित जन्म कैद गर्ने गरेको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पहिले जवरजस्ती करणी जस्तो निन्दनीय कार्य गरी तत्पश्चात कर्तव्य ज्यान जस्तो जघन्य अपराध गर्ने प्रतिवादी चन्द्रबहादुरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १८८ नं.आकर्षित हुनुपर्दछ भन्ने विद्वान अधिवक्ता रामप्रसाद अर्यालको वहस जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं. ३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7011
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2057/12/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7011
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्