नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7008 · वि.सं. २०५८
नि.नं. 7008 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ श्रम ऐन, २०४८ को परिच्देछ ८ को दफा ५० को (घ) वमोजिम सेवावाट नै हटाउने सजाय दिइएकोमा त्यस्तो सजाय उपर पुनरावेदन गर्न पाउने सोही परिच्छेदको दफा ६०(ग) मा व्यवस्था भइरहेको पाइन्छ । यस्तो अवस्थामा सेवामा वहाल रहि रहेको अवस्थामा झै दावी वा उजुरी दिइ रहन पाउने भन्ने दफा ७३ को मनसाय भएको हो भन्न मिल्दैन । सेवावाट हटाउने सजाय गरेको अवस्थामा त्यही व्यवस्थापक समक्ष दावी वा उजुरी लिएर जान पाउनु पर्ने भन्ने पनि सिद्धान्ततः मिल्ने कुरा होइन । त्यस्तै दफा ७३(२) ले उपदफा (१) वमोजिमको दावी वा उजुरी प्राप्त भएपछि व्यवस्थापकले सम्बन्धित कामदारसंग छलफल गरी समस्या समाधान गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेवाट सेवामा नै वहाल रहेको अवस्थामा सेवा सम्बन्धी सुविधा आदिको बिषयमा गरेको दावी उजुर उपर व्यवस्थापकले समस्या समाधान गर्नुपर्ने भन्ने स्पष्ट छ । व्यवस्थापकले कामदारलाई सेवावाट हटाउने गरी सजाय गरी सकेपछि त्यस्तो आफ्नो आदेश माथि पुनरावलोकन गर्न सक्ने वा सदर वदर गर्न सक्ने वा पुनर्विचार गर्न सक्ने अधिकार व्यवस्थापकलाई श्रम ऐन, २०४८ को कुनै दफाले अधिकार दिएको देखिदैन । यस्तो अवस्थामा सो सेवावाट हटाएको आदेश उपर पुनरावेदन गर्न पाउने कानूनी उपचारको वाटो सोही ऐनको दफा ६०(ग) ले त्यस्तो कर्मचारीलाई प्रदान गरी राखेको पाइन्छ। § श्रम ऐन, २०४८ को दफा ६० को (ग) अनुसार पुनरावेदन गर्ने कानूनी उपचारको मार्ग अवलम्वन नगरी दफा ७३(१) वमोजिम व्यवस्थापक समक्ष र दफा ७३(३) वमोजिम बिपक्षी श्रम कार्यालयमा निवेदन दिन गएको कानून सम्मको कार्यविधि अवलम्वन गरेको मान्न मिल्ने नदेखिएको हुँदा त्यस्तो निवेदनलाई ग्रहण गरी विपक्षी श्रम कार्यालयले सोही दफाको उपदफा (५) वमोजिमकै अधिकार प्रयोग गरी गरेको मिति २०५२।८।२८ को निर्णय आदेश क्षेत्राधिकारविहिन अवस्थाको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशव्दारा वदर हुने ठहर्याएको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल र माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय मनासिव ठहर्ने । (प्र.नं. ९ र १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7008 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2058/02/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल र माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल र माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय मनासिव ठहर्छ । विपक्षी श्रम कार्यालयको जानकारीको लागि यो आदेशको प्रमाणित प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7008 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
