नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7024 · वि.सं. २०५८
नि.नं. 7024 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भूमि सम्बन्धी ऐन, २०२१ र नियम वमोजिम जग्गा वांडफांड सम्बन्धी निवेदन परेकोमा त्यस्तो निवेदन उजुरी दिने व्यक्ति मोही हुन सक्ने हो होइन भन्ने सवुद प्रमाण बुझि निर्णय गर्नुपर्ने कुरामा छोरीको जग्गामा वावु मोही हुन नसक्ने भनि विना आधार प्रमाण नै निर्णय गरेको देखियो । सर्वप्रथम सम्बन्धित पक्षहरुको मोहियानी तर्फ वयान तथा एकअर्काको सवुद प्रमाण दाखिल गर्न लगाई निरोपण गरी वावु छोरी नाताका पक्ष विपक्षीहरुको कानूनी स्थितिवाट मोही र जग्गाधनीको हैसियत कायम हुन नसक्ने भए सोही कुराको र अन्यथा सोही आधारमा जग्गा वांडफांड सम्बन्धी निर्णय गर्नुपर्ने देखिन्छ । मोहियानी हक वेहक सम्बन्धी भूमिसुधार अधिकारीले गरेको निर्णय उपर कानूनतः पुनरावेदन लाग्ने अवस्था समेत हुँदा कानून वमोजिम पुनरावेदनको म्याद दिई नियमित उपचारको प्रक्रियावाटै निरोपण हुने बिषय समेतमा कानून वमोजिमको कार्यविधि नअपनाई कानूनी उपचारको मार्ग समेत अवरुद्ध हुने गरि रिट निवेदकको जग्गा वांडफांड सम्बन्धी उजुरी एकाएक खारेज गरेको स्पष्टतः कार्यविधिगत त्रुटि देखिएकोले मिति २०५७।२।३२ को भूमिसुधार कार्यालय ललितपुरको निर्णय उत्प्रेषणको आदेशले वदर हुने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7024 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2058/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7024 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
