नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7006 · वि.सं. २०५८

नि.नं. 7006 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बिशेष अदालतले राजपत्रमा सूचना प्रकाशित भएको मितिले पन्ध्रौं दिन देखि आफ्नो अधिकारक्षेत्र ग्रहण गर्ने भएकोले सो मिति भन्दा अगाडि र पछाडि माथि उल्लेखित ऐन अन्तर्गत सजाय हुने मुद्दाहरु पनि आफैमा अलग अलग वर्ग वा समूह (Group or class of cases) का मुद्दाहरु भएकाले बिशेष अदालतले अधिकारक्षेत्र ग्रहण गर्नु अगाडि र पछाडि समान कानूनी व्यवस्था अनुसार सजाय हुने कसूर गर्ने व्यक्तिहरु वीच असमान व्यवहार हुन गई संविधान प्रदत्त समानताको हक प्रतिकूल हुनजान्छ भन्ने निवेदक तर्फका विद्वान कानून व्यवसायीहरुको बहस जिकिरसँग सहमत हुन सकिएन । § बिशेष अदालत ऐन, २०३१ को दफा ५ को उपदफा (३) मा ‘अन्य कुनै नेपाल ऐन अन्तर्गत मुद्दा हेर्ने खास अदालत वा अधिकारी तोकिएको भएतापनि त्यस्तो मुद्दा त्यस्तो अदालत वा अधिकारीको सट्टा यो ऐन वमोजिम बिशेष अदालतलाई कारवाही र किनारा गर्न सुम्पन वा तोक्ने सकिनेछ’ भन्ने व्यवस्था भएको परिप्रेक्ष्यमा माथि उल्लेखित ऐन अन्तर्गत सजाय हुने मुद्दाहरु बिशेष अदालतवाट कारवाही र किनारा हुने गरी तोकिएको कार्यलाई कानून विपरीत मान्न मिल्ने देखिएन । § शुरु तहमा तीन जना न्यायाधीशले गरेको फैसला वा अन्तिम आदेश उपर परेको पुनरावेदन पुनरावेदन तहमा दुईजना न्यायाधीशले हेर्ने भन्ने कुराले भन्दा शुरु तहले गरेको फैसला वा अन्तिम आदेशमा चित्त नबुझ्ने पक्षलाई पुनरावेदन दिन पाउने हक कानूनले प्रदान गरेको छ, छैन ? भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । यसैले पुनरावेदन अदालतका तीन न्यायाधीश रहेको बिशेष अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर ऐनको दफा १० अनुसार पुनरावेदन अदालतका दुईजना न्यायाधीशवाट पुनरावेदन हेर्ने व्यवस्थाले स्वतन्त्र न्यायपालिकाको अवधारणा वा अदालत प्रतिको जनआस्थामा प्रभाव परेको भन्ने निवेदन जिकिर तर्कसँगत तथा मननयोग्य देखिन नआउंने । (प्र.नं. २६ देखि २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7006
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2058/02/04
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7006
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्