नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7023 · वि.सं. २०५८

नि.नं. 7023 — मोही ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादको जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा नगरी जानीजानी पर्ता राखी सो सालको कुत समेत नबुझाएको हुँदा मोहीबाट निस्कासन गरी पाऊँ भन्ने दावी रहेको देखिन्छ । वादी दावीको जग्गामा ०५२ सालको वाली जोतकोड गरी लगाएको छु। ०५२ साल माघ ५२ गते कुत समेत बुझाएको छु भन्ने पुनरावेदक प्रतिवादीको भनाई रहे पनि वाली बुझाएको रीतपूर्वकको भरपाई वा सम्बन्धीत कार्यालयमा कुत वापत धरौट राखेको प्रमाण पेश गर्न सकेको अवस्था देखिंदैन । ०५२ सालको वाली लगाएको भन्ने जिकिर लिए पनि साँध संधियार समेतको रोहवरमा भएको सर्जमिनमा वाली नलगाएको भन्ने निजहरुको भनाई रहेको अवस्था समेत विद्यमान रहेका देखिंदा यसरी विनाकारण जग्गा पर्ताराखी जोतकोड गरी वाली नलगाउने मोहीको मोहियानी हकले निरन्तरता नपाउने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7023
मुद्दाको विषयमोही ।
निर्णय वर्ष / मिति2058/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7023
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्