नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7019 · वि.सं. २०५८
नि.नं. 7019 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम उत्प्रेषण समेतको आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल नागरिकता ऐन, २०२० तथा नियमावली,२०४९ मा नेपालीलाई नागरिकताको प्रमाणपत्र दिने अधिकार सम्बन्धीत प्रमुख जिल्ला अधिकारीलाई हुने गरी स्पष्ट कानूनी व्यवस्था गरिएकोमा त्यस्तो अधिकार निजले अरुलाई प्रत्यायोजन गर्न सक्ने सम्बन्धमा नागरिकता ऐन तथा नियमावलीमा नै स्पष्ट व्यवस्था हुनुपर्नेमा त्यस्तो व्यवस्था भएको देखिंदैन । § नेपाल नागरिकता ऐन, २०२० तथा नियमावली, २०४९ जस्तो विशेष प्रकृतिको कानूनले प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको अधिकार निजले आफ्नो मातहतमा नरहेका नागरिकता वितरण टोलीका टोली अधिकृतलाई स्थानीय प्रशासन ऐन, २०२८ जस्तो सामान्य कानून अनुसार पुनः प्रत्यायोजन गर्न मिल्ने देखिंदैन । § विधायिकाले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी नारीलाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने अधिकार अप्रत्यायोजनीय भनी किटानी साथ उल्लेख गरेकोमा त्यस्तो अधिकार श्री ५ को सरकार गृह मन्त्रालयले अन्य अधिकारीलाई कानूनतः प्रत्यायोजन गर्न सक्ने देखिंदैन । यसैले प्रमुख जिल्ला अधिकारीलाई तथा नागरिकता वितरण टोली कार्यरत रहुन्जेल त्यस्ता टोलीका टोली अधिकृतलाई समेत त्यस्तो वैवाहिक अंगीकृत नागरिकता दिने अधिकार प्रत्यायोजन गरिएको कार्यलाई कानूनसम्मत मान्न सकिने अवस्था भएन । § कानून वमोजिम अख्तियार प्राप्त अधिकारी बाहेक अन्य अधिकारीहरु टोली अधिकृत भएको नागरिकता वितरण टोलीलाई विवादित कार्य निर्देशिकाको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सक्ने अधिकार प्रत्यायोजन गर्नु स्पष्टतः कानून विपरीत हुन जान्छ । यसैले त्यसरी प्रत्यायोजन गरिएको अधिकारको आधारमा नागरिकता वितरण टोलीबाट वितरण गरिएको नागरिकताको प्रमाणपत्रलाई कानून वमोजिम अख्तियार प्राप्त व्यक्तिले कानूनको रीत पु¥याई प्रदान गरिएको भनी स्वीकार गर्न सकिने देखिंदैन । (प्र.नं. २२ देखि २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7019 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम उत्प्रेषण समेतको आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2058/04/08 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7019 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
