नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7013 · वि.सं. २०५८

नि.नं. 7013 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ म्याद तामेली वेरीतपूर्वक भएकोले वदर गरी पुनः म्याद तामेली गरी पाउँ भनी पुनरावेदन अदालतमा अ.वं. १७ नं. वमोजिम निवेदन परिसकेको अवस्थामा उक्त तामेली रीतपूर्वकको छ, छैन सो सम्वन्धमा हेरी जाँची वुझी उक्त तामेली म्याद कानूनी प्रकृया वमोजिम तामेल भएको छ छैन सो सम्वन्धमा आवश्यक निर्णय गर्नुपर्नेमा पुनरावेदन अदालत हेटौडाबाट फैसलामा समेत उक्त निवेदन सम्वन्धमा केही उल्लेख गरेको देखिदैन । म्याद तामेली नै कानून वमोजिम रीतपूर्वकको हुदैन भने त्यस्तो तामेली म्यादको आधारमा भएको फैसला समेतबाट प्राकृतिक न्याय सिद्धान्तको हनन भएको नै सम्झनु पर्छ । अतः त्यस्तो प्राकृतिक न्यायको सिद्धँन्त विरुद्धको काम कारवाहीबाट भएको निर्णय फैसलालाई कायम राख्न कानूनसंगत नहुँदा यि रिट निवेदकको नामको मिति २०५२।३।४ को पुनरावेदनको तामेली म्याद र पुनरावेदन अदालत हेटौडाको मिति २०५३।६।८ को फैसला समेत उत्प्रेषणको आदेशव्दारा वदर हुने । (प्र.नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7013
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2057/11/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५८, नि.नं. 7013
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्