नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7031 · वि.सं. २०५८
नि.नं. 7031 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १, २३ र ८८ (१) अन्तर्गत आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सर्वप्रथम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३४ (२) बाझिएको भन्ने जिकिरका सम्बन्धमा विचार गर्दा सो दफामा “भ्रष्टचारको आरोपमा यस ऐन अन्तर्गत चलेको मुद्दामा श्री ५ को सरकार वादी हुनेछ” भन्ने व्यवस्था गरेको पाइन्द्धछ । आयोगको मुद्दा दायर गर्ने कुरा र त्यस्तो मुद्दा सरकार वादी हुने भन्ने कुरा वेग्ला वेग्लै विषय हो । सो व्यवस्थाले आयोगद्वारा अनुसन्धान तहकिकात गरी अुद्दा चलाउने वा चलाउन आदेश दिन सक्ने संवैधानीक व्यवस्थालाई कुनै असर पुर्याएको देखिदैन । आयोग राज्यकै संवैधानीक अंग भएकोले श्री ५ को सरकार वादी हुने भनी नामांकरण गरी मुद्दा दायर गरीनु स्वभाविकै देखिंदा सो प्रवधान संविधान संग बाझिएको भन्न मिलेन । § अब आयोगले नै पुनरावेदन गर्न पाउनु भर्ने भन्ने दाश्रो जिकिरका सम्बन्धमा विचार गर्दा जसको हक अधिकारमा असर परेको हुन्छ उस्कै मात्र अधिकारको खोजी गर्नु पर्ने हुन्छ । निवेदकले पुनरावेदन गर्न पाउने निजको अधिकारमा आघात परेको भनी प्रश्न उठाएको देखिदैन । आयोगको लिखित जवाफमा ऐनको दफा ३४ (२) मा श्री ५ को सरकार वादी हुने भन्ने व्यवस्था भएकै कारणले आयोगको क्षेत्राधिमारमा बाधा पर्न गएको छैन भन्ने उल्लेख भएको पाईन्छ । निवेदकले उठाएको विषय निवेदकसंग सार्थक सम्बन्ध भएको देखिनुका साथै निजको मौलिक हक वा कानूनी हक प्रतिकूल असर परेको भन्ने नदेखिएको स्थितिमा सार्वजनिक सरोकारको विषय भनि निवेदकलाई प्रस्तुत रिट निवेदन दिने हकदैया नहुने समेत हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । (प्र. नं. १५ र १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7031 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १, २३ र ८८ (१) अन्तर्गत आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2058/02/18 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदार नाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7031 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
