नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7029 · वि.सं. २०५८
नि.नं. 7029 — निर्वाचन बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सम्वन्धित जिल्ला न्यायाधिवक्ता वा नीज नभएको अबस्थामा जिल्ला न्यायाधिवक्ता भै काम गर्ने ब्यक्ति मार्फत उजुरी पत्र दर्ता गरी पठाउनु पर्नेमा सो बमोजिम प्रस्तुत उजुरी पत्र दर्ता भै आएको देखिएन । सो ऐनको दफा २८ मा यो ऐन बमोजिम दिइने उजुरी पत्र कानूनको रीत पुगेको नदेखिएमा कुनै कारवाही नहुने ब्यबस्था रहेको समेत देखिएवाट प्रस्तुत उजुरी पत्र निर्वाचन अदालतबाट प्रचलित कानून बमोजिम दर्ता भै हेरी कारवाही किनारा गरेको भन्न मिलेन। § उजुरी दावी बमोजिम मतगणना गर्दा उपरोक्त उल्लेख भए बमोजिम अनियमित र गैरकानूनी तरिकाले मतगणना गरेको भए प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा ११५ र १२० बमोजिम मतगणना समाप्त भएका मुचुल्का फाराम तथा तालीका समेतमा सो कुराको कैफियत जनाई सहिछाप गरेको भनि उजुरी पत्रमा निजको भनाई समेत भएको नदेखिदा मौकामा दिएको लिखित निवेदन निर्वाचन अधिकृतले लिन इन्कार गरेको भन्ने उजुरीकर्ताको कथन पुष्टि हुन आएको देखिएन । (प्र.नं. २७ र २८) § दोहोर्याई मतगणना गर्दा सम्पूर्ण उम्मेदवारहरुको सहमतिबाट समान अबस्था रहेकोमा सबै उम्मेदवारको मतपत्र सदर हुने भनि निर्वाचन अधिकृतवाट सदर गरी सदर मत पत्रहरुका सम्वन्धमा उजुरकर्ता आफू समेत विवन्धीत हुनु भएको स्पष्ट छ । त्यस्तो मतपत्रहरु समेत दोहर्याई मतगणना गरीएको र निर्वाचन अदालतलको फैसला हेर्दा दोहोर्याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्र नोटीसमा लिई राखेको निर्णय गर्दाको अबस्थामा सो नोटीसमा लिइएका मतपत्रहरु सदर वदर गरेको देखियो । त्यसरी दोहोर्याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्रलाई नोटीसमा लिई सदर वदर गर्न सकिने प्रचलित कानूनमा कुनै ब्यबस्था रहेको समेत पाइदैन । यस्तो कानूनी ब्यबस्थाको अभावमा नोटीसमा लिने भनि मतपत्र सदर बदर गर्ने गरेको निर्वाचन अदालत पाटन ललितपुरको निर्णय कानून सम्मत भन्न नमिलेबाट जिल्ला न्यायाधीवक्ता मार्फत उजुरी गर्नुपर्नेमा निर्वाचन अधिकृत मार्फत उजुरी दिइएको प्रकृया एवं निर्वाचन अदालतबाट गरेको निर्णय प्रकृयामा विवादग्रस्त मतहरु नोटीसमा लिएको र सो मध्ये सदर वदर गर्ने कार्य भएकोमा दोहोर्याई मतगणना गर्दा त्यसरी मतपत्रलाई नोटीसमा लिने र सदर वदर गर्ने कानूनी ब्यबस्था स्पष्ट नभएको स्थितिमा निर्वाचन अदालत पाटनको निर्णय फरक पर्ने भनि छलफलको लागि विपक्षी झिकाउने आदेश गर्ने इजलाससित असहमत हुनु पर्ने अवस्था र कारण नदेखिएवाट समेत उपरोक्त प्रकरणहरुमा उल्लेखित आधार कारणवाट निर्वाचन अधिकृत नुवाकोट क्षेत्र न. १ वाट पुनरावेदक राजेन्द्रप्रकाश लोहनीलाई विजयी घोषीत गरेको निर्वाचन परिणामलाई बदर गरी प्रत्यर्थी उजुरकर्ता प्रकाशचन्द्र लोहनलिाई विजयी घोषित गर्ने गरेको निर्वाचन अदालत पाटनको मिति ०५७।३।१३ को फैसला त्रुटीपूर्ण देखिदा वदर हुने । (प्र.नं. ३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7029 |
|---|---|
| मुद्दाको विषय | निर्वाचन बदर । |
| निर्णय वर्ष / मिति | 2058/04/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५८, नि.नं. 7029 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
