§ दृष्टिबन्धकी लिखत हुनुभन्दा अगाडि जनकपुर चुरोट कारखाना र जगत कुमार गौतमका बीचमा जे जस्तो सम्बन्ध भएपनि उक्त दृष्टिवन्धकीको लिखत भएपछि जनकपुर चुरोट कारखाना साहु र प्रतिवादी आसामीको हैसियतमा रहेको मान्नु पर्ने हुँदा दृष्टिबन्धकी लिखतको विषय समावेश भएको मुद्दा…
§ सवारीधनी वा तत्कालीन भोगाधिकारी मध्येको जो कसैबाट हक टुटाई लगेको भएपनि चोरीको महलको प्रयोजनको लागी खासै फरक नदेखिने । § एक ठाउँबाट अन्य ठाउँमा आवतजावत भै स्थानान्तरण भइरहने सवारी साधन सवारीधनी वा अबस्थानुसार उसको निर्देशन अनुसारका व्यक्तिको नियन्त्रणमा रहन स…
§ विवादित सम्पत्ति वण्डा गर्न नपर्ने आफ्नो निजी सम्पत्ति हो भनी दावी लिने प्रतिवादीले नै उक्त सम्पत्ति निजी भएको प्रमाण पुर्याउनु पर्ने । § कुनै प्रमाणबाट निजी सम्पत्ति भन्ने नदेखिंदा राजिनामाको कैफियत महलमा दाइजो पेवाको सम्पत्ति भनी उल्लेख गरी राजिनामा गरिदि…
§ दिने व्यक्तिले आफ्नो वयानमा रु.१०००। दिएको भन्ने भनाई नभएको अवस्थामा यसको पुष्टी नभएपछि प्रतिवादीहरुले भ्रष्टाचार जन्य कार्य गरेको भन्न नमिल्ने । (प्रकरण नं.३४) § विवादित कर्जा २०४४/ २०४५ साल सम्ममा प्रवाह भएको र राष्ट्रिय वाणिज्य बैंकबाट मिति २०४६।११।९ मा प…
§ तलव विनाको अध्ययन विदाहरु छात्रबृत्ति हुँदैनन् र तलव सहितको अध्ययन विदा छात्रबृत्ति हुने। § निजामती सेवा नियमावली, २०५० को नियम ६१ को उपनियम (४) र (५) को पूर्णरुपमा अर्थ र व्याख्या गर्दा सो उपनियमहरु वमोजिम निवेदकको अध्ययन विदा निजी प्रयासको अध्ययन विदा नभै…
§ आफ्नो गाडी हराएको र हराएको गाडी निवेदक कहाँ लुकाएको आशंका गरी प्रत्यर्थीमा खोजतलास र अनुसन्धानका लागि निवेदन दिएको सिलसिलामा निवेदकलाई सोधपुछका लागि ल्याइ सोधपुछ गरी छाडिएको देखिदा निवेदक समेतलाई आशंका गरी परेको निवेदनका आधारमा निवेदकलाई इलाका प्रहरी कार्याल…
§ एउटै विषयमा कहिले सेवा अवधि टुटाई लामो समयसम्म सेवामा वहाल रहने नियत राखि कार्य गर्ने र पछि आएर सोही एक पटक आफ्नै निवेदन अनुसार टुटाई सकेको सेवा अवधिलाई पुनः जोडी पाउँ भनी निवेदकले एउटै विषयमा दोहोरो सुविधा लिन खोजेको देखिन आउने । § दोहोरो सुविधा लिने अधिकार…
§ निजामती सेवा ऐनको दफा ६६ र ६७ बमोजिम माग गरिएका स्पष्टिकरणहरु सजाय दिन पाउने अधिकारीवाट नसोधिएको अवस्थामा अन्य व्यक्तिहरुले लिएको स्पष्टिकरणको आधार लिएर गरिएको विभागीय कारवाहीले कानूनी मान्यता पाउन नसक्ने । § विभागीय कारवाही गर्न पाउने अधिकारीवाट स्पष्टिकरण…
§ पुनरावेदक कसूरमा संलग्न रहेका भनी अनुसन्धान क्रममा बयान गर्दा सहअभियुक्तले गरेको पोल मात्रलाई यी पुनरावेदकलाई कसूरदार ठहर गर्ने पर्याप्त प्रमाण मान्न नमिल्ने । § प्रतिवादी पदमबहादुर समेतलाई बारदातका दिन पक्राउ गरेको भनी बकपत्र गरेको भएपनि यी प्रतिवादीको अनुस…
§ ३ वर्ष ८ महिना १९ दिन पश्चात मात्र वण्डा छुट्याई पाऊ भनी दरखास्त पर्न आएको अवस्था हुंदा उक्त दरखास्त उपरोक्त दण्ड सजायको ४६ नं. को हदम्याद नाघी दायर हुन आएको स्पष्ट देखिने । § जिल्ला अदालतबाट त्यस्तो दरखास्त लिने गरी भएको निर्णय तथा वण्डा छुट्याईदिने गरी भएक…
§ शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुलाई कसूरदार कायम गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत हुन जाने । § मुद्दाको तथ्यगत अवस्थाबाटै आरोपित कसूर ठहर गर्न सो कार्यालय र पदाधिकारीलाई अलग्याएर कदापि नमिल्ने । § वादी पक्षले नै प्रतिवादी बनाउन नसकेको पद…
§ कम्पनीलाई तिर्नुपर्ने सांवा व्याज बुझाएको अवस्थामा धितो रहेको सम्पत्ति वादीलाई नै फिर्ता दिन सकिने देखिदा निवेदकले भने बमोजिम अदालतको आदेशलाई स्पष्ट रुपमा विपक्षीले अवज्ञा गरेको मान्न नमिल्ने । § अदालतको अवहेलनाको लागि कुनै कार्य (Actus) भन्दा नियत वा मनसाय…
§ कृषि अर्थशास्त्र विषय लिइ अर्थशास्त्रमा एम.ए. गरी सोहीलाई नै मूल विषय मानी सेवा प्रवेश गरेपछि सोही सरहको: .Sc. in Agricultural Economics र M.Sc. in Rural Development लाई निजहरुको हालको न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो उपाधि हो भनी मान्न तर्कसंगत नदेखिन…
§ संविधानको धारा ९३ को उपधारा १ मा नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारवाही, वर्खासी जस्ता Personnel Administration सँग प्रत्यक्ष सम्बन्धित शब्दपछि “न्याय प्रशासन सम्बन्धी अन्य कुराहरुको सिफारिस” भन्ने phrase राखेको हुँदा संविधान निर्माताले धारा ९३ को उपधारा…
§ वैक तथा वित्तिय संस्थाहरुको ऋण असुली ऐनको दफा ३ ले ऐनको व्यवस्था लागू हुने बैंक तथा वित्तीय संस्थाहरू भनी त्यसको क्षेत्र निर्धारण गरी एउटा वर्गिकृत समूह निर्माण गरी दफा २२ मा ऋण असूलीसम्बन्धी मुद्दाको पुनरावेदन गर्दा भराउनु पर्ने ठहर भएको रकमको ३० प्रतिशत नग…
§ प्रतिवादीहरु बैंकका कर्मचारी भएका हुँदा ऋण प्रवाह सम्बन्धमा उक्त वैंकको ऐन नियम अनुसार कानूनी कार्यविधी पुर्याएर मात्र ऋण प्रवाह गर्नु पर्नेमा कानूनको रित नै नपुर्याईकाल्पनीक मानिस र काल्पनीक धितो खडा गरी कर्जा प्रवाह गर्ने प्रतिवादीहरुको कार्यमा Malafide…
§ २००४ सालमा वण्डा पत्र पारित भै छुटिृसकेपछि पितासंग बस्न आएको र पुनरावेदकले पालन पोषण गरेको भनी पुनरावेदकले भनेता पनि पछि पुनः सगोलमा बसेको कुनै प्रमाण योग्य कागज नभएको अवस्थामा केवल फिराद र पुनरावेदनमा जिकिर लिएकै आधारमा मात्र संग बसेको वा मानो जोडिएको भन्ने…
§ कमलरी प्रथाले नेपालले हस्ताक्षर गरेको CRC को धारा ९, १४, १५, १६, १८, १९, २८, २९, ३१ र ३२ समेतका धाराहरुले प्रदान गरेको अधिकारहरुको समेत हनन् हुने हुँदा कमैया श्रम सम्बन्धी (निषेध गर्ने) सम्वन्धी ऐन, २०५८ को प्रभावकारी कार्यान्वयनको लागि बिपक्षी नेपाल सरकारको…
§ अख्तियारवाला व्यक्ति कार्गो अफिसरले विदेश कार्गो गरी सामान पठाउँदा अर्काले प्याक गरी ल्याएको सामान सोझै पठाउने नभई ति सामान कानूनद्वारा निषेधित सामान हो होइनन् सो समेतको चेक जाँच गरी पठाउनु पर्नेमा प्रतिवादीले उक्त सामान आफै वुझी लिई प्याकिङ्ग समेत आफैले गरी…
§ लेनदेन व्यवहारको ८ नं. वमोजिमको एकाघरको मुख्य मानिस रहे भएको भन्ने व्यवहार प्रमाणवाट समेत देखिन नआएको स्थितिमा वावु जिवित छदैको अवस्थामा प्रतिवादीलाई घरको मुख्य व्यक्ति मान्न नमिल्ने । § कानून वमोजिमको प्रक्रिया नपुराई गरेको व्यवहारको सम्बन्धमा लेनदेन व्यवहा…
§ मोही हक खाने पत्नी तथा छोराहरु समेत नरहेको र त्यस बखत प्रचलनमा रहेको भूमि सम्बन्धी ऐनको दफा २६(१) ले मोही हक छोरीमा सर्ने व्यवस्था समेत नभएको स्थितिमा पछि २०५३ सालमा भएको भूमि सम्बन्धी (चौथौ संशोधन) बाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई समेत मोहीयानी हक प्राप्…
§ विवादको जग्गाको स्थिति के कस्तो थियो तथा वांडफांड गर्न मिल्ने अवस्था विद्यमान थियो थिएन भन्ने कुरा साधारण अधिकारक्षेत्र अन्तर्गत प्रमाणको मूल्यांकन गरेर नै गर्नुपर्ने हुँदा त्यस्तो विषयमा असाधारण अधिकारक्षेत्रवाट हेरी जाँची मूल्यांकन गर्न नमिल्ने । § भूमिसुध…
§ वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ग अनुसार वैंकको हित सुरक्षण हुने गरी वैंक र जमानी हुने व्यक्तिको विचमा भएको सम्झौताको शर्तको आधारमा वैंकले ऋण दिन सक्ने हुँदा सो ऋण असुल नभएसम्म जमानी हुने व्यक्तिले लेखि दिएको धितो फुकुवा हुन नसक्ने । § वैंक तथा वित्तिय संस्था…
§ मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. को विषय विषयमा छुट्टा छुट्टै वनेको कानूनमा लेखिए जतिमा सोही कानून वमोजिम र सो कानूनमा नलेखिएकोमा मुलुकी ऐन वमोजिम गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा मध्यस्थता ऐन, २०५५ अनुसारको विवादमा म्याद तारेख थाम्ने सम्वन्ध…