नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7721 · वि.सं. २०६३
नि.नं. 7721 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सवारीधनी वा तत्कालीन भोगाधिकारी मध्येको जो कसैबाट हक टुटाई लगेको भएपनि चोरीको महलको प्रयोजनको लागी खासै फरक नदेखिने । § एक ठाउँबाट अन्य ठाउँमा आवतजावत भै स्थानान्तरण भइरहने सवारी साधन सवारीधनी वा अबस्थानुसार उसको निर्देशन अनुसारका व्यक्तिको नियन्त्रणमा रहन सक्ने कुरालाई न्याय निरुपणको हिसावले अन्यथा मान्न नसकिने । § सवै अबस्थामा करार वा लिखत नै गराउनु पर्ने भन्ने कुरालाई त्यति व्यवहारिक मान्न सकिदैन । किनकि यस्ता कुराहरु पक्षहरुको सहमतीको आधारमा अत्यन्तै छोटो समयको लागी हुने गर्दछ । यसकारण लिखत नगराई साहुबाट जाहेरवालाले गाडी कब्जामा लिएको मान्न मिल्दैन भन्ने प्रतिवादीहरुको भनाई तर्क र न्यायसंगत मान्न नसकिने । (प्रकरण नं.२२) § चोरी गरिएको भनिएको गाडी विवाहको लागि रिजर्वमा रहेको, प्रतिवादीहरु सोही ठाउँका स्थानीय वासिन्दा रहेका र विवाहवाट फर्कने क्रममा वैवाहिक मनोरन्जनको लागि रोकि राखिएको उक्त गाडीलाई २ कि. मि. परसम्म लगेको देखिदा प्रतिवादीहरुबाट विवाहको लागि रिजर्वमा रहेको र रोकि राखेको अबस्थामा रहेको गाडीलाई चोरी गरी लगिएको हो भन्ने कुरा प्रासंगिक नदेखिने । § सवारी जस्तो साधनलाई व्यक्तिले तुरुन्त लुकाउन छिपाउन सक्ने अबस्था पनि रहदैन भने सडक बाहेक अन्यत्र लैजान सम्भव पनि देखिदैन । साथै उक्त सवारीबाट पार्ट पुर्जा लगायत कुनै पनि सर समान हराए, नासिएको अबस्था पनि देखिदैन । गाडीको रङ नम्बर इत्यादि परिवर्तन गरिएको अबस्था पनि देखिदैन । यसकारण गाडी नै गायव पारी लिने खाने नियत यी प्रतिवादीहरुमा रहे भएको देखिन नआउने । § सवारी जस्तो सम्बन्धित यातायात कार्यालयबाट नामसारी नगरेसम्म हस्तान्तरण हुन नसक्ने साधनलाई यी प्रतिवादीहरुले वास्तविक गाडीधनीको हक मेटाई लिन खानका लागी लगेको भन्ने देखिन नआउने । (प्रकरण नं.२३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7721 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2063/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत | माननीय न्यायाधीश श्री परमानन्द झा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7721 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
