नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7705 · वि.सं. २०६३

नि.नं. 7705 — परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कमलरी प्रथाले नेपालले हस्ताक्षर गरेको CRC को धारा ९, १४, १५, १६, १८, १९, २८, २९, ३१ र ३२ समेतका धाराहरुले प्रदान गरेको अधिकारहरुको समेत हनन् हुने हुँदा कमैया श्रम सम्बन्धी (निषेध गर्ने) सम्वन्धी ऐन, २०५८ को प्रभावकारी कार्यान्वयनको लागि बिपक्षी नेपाल सरकारको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.४३) § ऐनहरु बनाएर र ऐनमा व्यवस्था गर्दैमा हाम्रो जस्तो परम्परागत रुढीवादी गरिवी, अशिक्षित, अज्ञानता भएको स्थितिमा पठन पाठनको सुविधा आदि उपलव्ध नहुने यावत कारणहरुले गर्दा ऐन र CRC को व्यवस्थाले मात्र बालश्रम निर्मूल हुन नसक्ने । (प्रकरण नं.४४) § नेपालले हस्ताक्षर गरी अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरु खास गरी CRC, ICCPR ICESCR जस्ता मानव जीवनका सबै अवस्थालाई समेट्ने अत्यावश्यकीय Convention हरु बालबालिकाको पाठ्यक्रममा नै समावेश गर्न उपयुक्त हुने तर्फ बिपक्षी मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयको नाममा निर्देशनात्मक आदेश समेत जारी हुने । (प्रकरण नं.४५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7705
मुद्दाको विषयपरमादेश समेत
निर्णय वर्ष / मिति2063/05/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7705
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्