नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7701 · वि.सं. २०६३
नि.नं. 7701 — उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको जग्गाको स्थिति के कस्तो थियो तथा वांडफांड गर्न मिल्ने अवस्था विद्यमान थियो थिएन भन्ने कुरा साधारण अधिकारक्षेत्र अन्तर्गत प्रमाणको मूल्यांकन गरेर नै गर्नुपर्ने हुँदा त्यस्तो विषयमा असाधारण अधिकारक्षेत्रवाट हेरी जाँची मूल्यांकन गर्न नमिल्ने । § भूमिसुधार अधिकारीले त्यस्तो निर्णय गर्दा अधिकार क्षेत्रको त्रूटि गरेको वा प्रमाण बुझ्ने कार्य नै नगरेको वा प्रमाणको मूल्यांकन वा विवेचना नै नगरी निर्णय गरेको जस्ता अवस्थामा त्यस्तो निर्णयको परीक्षण गरी यस अदालतले निर्णय बदर गरी त्यस्ता त्रूटि सुधार गर्न भूमिसुधार अधिकारीलाई आदेश दिन सक्ने । § भूमिसुधार अधिकारीले कानूनले दिएको अधिकारभित्र रही प्रमाणको संकलन, मूल्यांकन र विवेचना गरी जग्गाधनीलाई जग्गा दिन नमिल्ने, निजको जग्गाको मोल वापत मोहीबाट निर्धारित मूल्य बमोजिमको रकम भराउने र विवादित जग्गामा मोहीको हक कायम गर्ने गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ङ(१)(ग) बमोजिम गरेको निर्णय त्रूटिपूर्ण नदेखिने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7701 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2063/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7701 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
