नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7702 · वि.सं. २०६३

नि.नं. 7702 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोही हक खाने पत्नी तथा छोराहरु समेत नरहेको र त्यस बखत प्रचलनमा रहेको भूमि सम्बन्धी ऐनको दफा २६(१) ले मोही हक छोरीमा सर्ने व्यवस्था समेत नभएको स्थितिमा पछि २०५३ सालमा भएको भूमि सम्बन्धी (चौथौ संशोधन) बाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई समेत मोहीयानी हक प्राप्त हुने भनी हक सिर्जना गरेको भनी वादीले दावी लिई सिद्धान्ततः आउन नमिल्ने । § सामान्यतः कानून बनी सकेपछि जुन मितिबाट लागु हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोहि मितिबाट त्यो ऐनमा भएको प्रावधानहरु लागु भएको मान्नुपर्ने । § २०५३ सालमा भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) संशोधन भई सो संशोधनबाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई श्रृजित मोहीयानी हक त्यस भन्दा अघि उठेको विवादको विषयमा समेत लागु हुन्छ भन्नु प्रचलित कानून तथा न्यायका मान्य सिद्धान्त विपरीत हुन जाने। (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7702
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2063/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7702
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्