सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६० / ४४०

नि.नं. 7698वि.सं. २०६३संयुक्त इजलास

अंश

§ प्रतिउत्तर जिकिर मै वावु आमा तथा भाई भारतमै रहेको सम्पत्ति लिई त्यही वसेको आफु नेपालमा आफ्नो ससुरालीमा वसेको भनेवाट केवल वादी प्रतिवादीका परिवार भारत र नेपाल आई अलग अलग ठाउंमा वसेकै कारणले सवूद प्रमाणको अभावमा अँशवण्डा भएको भन्न नमिल्ने । (प्रकरण नं.१३) § वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7697वि.सं. २०६३संयुक्त इजलास

परमादेश

§ जग्गा धितो राख्नका लागि निवेदकसँग कुनै किसिमको सहमती र मञ्जुरी लिएको नभएपछि निवेदकको नामको जग्गा वैंकले रोक्का राख्न नमिल्ने । § सर्वप्रथम धितो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो वन्धक नलिएको एवं ऋणीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7696वि.सं. २०६३संयुक्त इजलास

परमादेश

§ जांचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठीत सम्पत्ति न्यायीक जांचबुझ आयोगले गरेको कामकारवाही उक्त ऐनको दफा ८क को मूल प्रावधानअनुसार गोप्य रहने भएकोमा उक्त प्रावधान संविधानको धारा १६ अनुकूल नरहेको भन्ने निवेदकहरूको जिकिर समेत रहेको छैन । अतः सार्वजनिक गर्न नसकिने प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7695वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण समेत

§ आयोजना संचालन गर्दा त्यसबाट वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन (ETA) गर्नुपर्ने गरी वातावरण संरक्षण ऐनले गरेको ब्यवस्था बमोजिम नहरको पानी तालमा राख्ने र बढी भएमा Outlet बाट लैजाने भनी गर्न लागिएको कार्यका सम्बन्धमा वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन समेत भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7694वि.सं. २०६३पूर्ण इजलास

बहु बिवाह

§ सरकारवादी हुने मुद्दाहरुमा थाहा पाएको मितिवाट ऐनको हदम्याद शुरु हुने अवस्थामा वारदातका सम्वन्धमा वादीले कहिले थाहा पायो ? सो नै हेर्नुपर्ने । § अनुसन्धान तहकीकात गर्ने अधिकारप्राप्त निकायले थाहा जानकारी पाएपछि मात्र मुद्दाको कारवाही अगाडि बढ्न सक्ने भएकोले ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7693वि.सं. २०६३विशेष इजलास

उत्प्रेषण, परमादेश

§ महिला तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीहरु समेतका विपरीत रहेका विभेदजन्य ऐन कानून संशोधनको क्रममा रहेको भन्ने लिखितजवाफ रहेको सन्दर्भमा बालबालिका सम्बन्धी ऐन, २०४८ मा महिला तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीहरुको विपरीतका प्राव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7692वि.सं. २०६३पूर्ण इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ कानूनी प्रश्नका सम्बन्धमा विलम्बको सिद्धान्त आकर्षित हुन नसक्ने । § कानून स्पष्ट हुँदाहुँदै पनि कार्यान्वयन नगर्ने वा कार्यान्वयनमा ढिलाई गर्ने अनि त्यसैको आडमा हक प्राप्त व्यक्तिलाई हक इन्कार गर्न विलम्ब जस्ता सिद्धान्तको आड लिनदिने हो भने निजामती प्रशासनमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7691वि.सं. २०६३संयुक्त इजलास

परमादेश मिश्रीत निषेधाज्ञा ।

परमादेश मिश्रीत निषेधाज्ञा

§ वैंकसंग राखेको धितो लिलाम बिक्री गरी असुल उपर गर्दा त्यस्तो धितोवाट वैंकको सांवा र व्याजको पुरा रकम असुल उपर हुन नसकेमा असुल उपर हुन नसकेको जति रकम सो व्यक्तिको अन्य जायजेथावाट समेत वैंकले लिलाम बिक्री गरी असुल उपर गरी लिन सक्ने । (प्रकरण नं.१२) § निवेदकले व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7690वि.सं. २०६३संयुक्त इजलास

अंश

§ वादीले मुख्य प्रमाणको रुपमा पेश गरेका प्रेम पत्रमा लागेको सहिछाप र नागरिकता लिदा पेश गरेको निवेदनमा लागेको प्रतिवादीको सहिछाप भिड्ने नभिड्ने सम्बन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त विशेषज्ञको रायमा विवादीत लिखतका हस्ताक्षर र नमूनाका हस्ताक्षर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7689वि.सं. २०६३संयुक्त इजलास

जग्गा नापी सम्बन्धी ।

§ जग्गाको सम्बन्धमा विवाद परेपछि जग्गाको यथार्थ नक्सा नै विवादको निरोपण गर्ने वस्तुगत र उपयुक्त प्रमाण हुने कुरामा अन्यथा नदेखिने । § एक पटक पुनरावेदन दिएको मुद्दामा यहि विवादित जग्गालाई सार्वजनिक पर्ति जग्गा भनी स्वीकारी बसेको अवस्थामा हाल आएर सोही जग्गालाई आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7688वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

§ पुनरावेदन सुन्ने अड्डा भनी नामाकरण गरिदैमा सबै प्रकारको उजुरी सुन्ने अधिकार स्वतः निसृत हुन्छ भन्ने होइन । अधिकारक्षेत्र कानूनले निश्चित गरिदिएको हुन्छ र त्यसको सीमाभित्र रहेर सबै निकाय वा अधिकारीले तोकिए बमोजिमको कार्य गर्नुपर्ने । § आफु समक्ष पुनरावेदन लाग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7687वि.सं. २०६३संयुक्त इजलास

परमादेश

§ अनुमति भन्दा बढीको नक्सा पास नगरी निर्माण कार्य नगरेको रहेछ भने पनि महानगरपालिकाबाट निवेदन पर्नु भन्दा अगावै जरिवाना गरी नक्सापास गरी दिने भनी निर्णय भैसकेको स्थितिमा पुनरावेदिकाले परमादेशको बाटोबाट उपचार माग्ने अवस्था नभएकोले परमादेश जारी हुनुपर्छ भन्ने पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7686वि.सं. २०६३संयुक्त इजलास

सरकारी कागज किर्ते

§ प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५२ बमोजिम साक्षीसरह वकपत्र गराई पक्षलाई जिरह गर्ने मौका दिएपछि मात्र रेखा विशेषज्ञको रायलाई प्रमाणमा लिनुपर्ने । § अदालतबाट विशेषज्ञलाई झिकाई बकपत्र गराउनु भन्ने आदेश भएकोमा पटक पटक म्याद सूचना पठाउंदा पनि विशेषज्ञको वतन नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7685वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ ।

§ विधायिकाले ऐनको निर्माण गर्दा प्रणालीको सूचारुपन (smooth working of system) मा अवरुद्ध हुने गरी ऐनको संरचना गरेको होला भनी अदालतले अनुमान नगर्ने । § विवादित राष्ट्र वैंक कार्यव्यवस्था नियमावली, २०५९ राष्ट्र वैंक ऐनको कार्यान्वयनको लागि दफा ११०(१) बमोजिम श्री…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7684वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ एल.सि.वाट झिकाइएका मेसिनरी समानहरु वाणिज्य वैंकको नियन्त्रण वा कव्जामा रहेका हुन होइनन् भन्ने विषय रिट निवेदनवाट निरुपण हुन नसक्ने । § वैंकलाई तिर्नुपर्ने ऋण रकम वाँकी नदेखिएमा निवेदक समेतको नाम कालोसूचीमा राख्नु कानूनतः नमिल्ने । § ऋण सम्वन्धमा जिल्ला अदालत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7683वि.सं. २०६३संयुक्त इजलास

गर्भपतन (कर्तव्य ज्यान)

§ बच्चा जन्माउने आमाले जीउंदो बच्चालाई कर्तव्य गरी मारेको भनी सजाय गर्न सो कुरा पुष्टि हुने ठोस सबुद आवश्यक पर्ने । § जीउदो जन्मेको बच्चा मार्ने मनसाय भए प्रतिवादीले तत्कालै कर्तव्यजन्य कुनै कार्य गरी मार्न कुनै कुराले वाधा पुर्याएको देखिदैन । बच्चा मरेको जन्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7682वि.सं. २०६३संयुक्त इजलास

जवर्जस्ती करणी

§ मुलुकी ऐन जर्वजस्ती करणीको १ नं. अनुसार जर्वजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनिभित्रै बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7681वि.सं. २०६३संयुक्त इजलास

हालैको बकसपत्र बदर हककायमत्र

§ कानूनले कुनैपनि सम्पत्तिको चरित्र निर्धारणका लागि स्वामित्वलाई आधार मानेको हुन्छ। अचल सम्पत्ति निर्जिव बस्तु भएकाले यसको आफ्ना स्थिर अन्तरनिहित गुणहरु हुनेमा वाहेक छुट्टै चलायमान चरित्र नहुने । § हरेक हस्तान्तरण पश्चात सम्पत्तिको स्वरुप वा चरित्र परिवर्तन हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7680वि.सं. २०६३संयुक्त इजलास

लिखत किर्ते जालसाजी

§ धनीले ऋणी उपर फिराद दायर गर्दा लिखतमा लेखाएको वतनमा नै गर्नपर्ने । § लिखत सद्दे ठहरिएपछि सो लिखतमा लेखाएको वादीको वतनलाई प्रतिवादीले किर्ते गरेको भनी भन्न नमिल्ने । § म्याद तामेल गर्ने गराउने कार्य कर्मचारीको भएको र यदि वादीहरुले भने जस्तै प्रतिवादीहरु समेतस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7679वि.सं. २०६३संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ मुलुकी ऐन अ.वं. १८८ नं. बमोजिम मातहत अदालतबाट व्यक्त हुने राय अन्तिम जाँच नभएसम्म त्यस्तो रायले वैधानिक मान्यता (Validity) ग्रहण नगर्ने हुँदा कार्यान्वयन (Operative) गर्न नसकिने । § अ.वं. १८८ नं. को कानूनी व्यवस्था न्यायाधीशलाई चित्तमा लागेको कुरा रायका रुपम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7678वि.सं. २०६३विशेष इजलास

संविधानको धारा ८८(१) बमोजिम संविधानसंग वाझिएको

§ राज्यले संविधानको धारा ११(३) को प्रावधानलाई सही रुपमा कार्यान्वयन गराउने हो भने त्यसमा उल्लेख भएका महिला, बालक, बृद्ध वा शारीरिक वा मानसिक दृष्टिले कमजोर वा सामाजिक, आर्थिक वा शैक्षिक दृष्टिले पिछडिएका वर्गको संरक्षण र विकासलाई समेट्ने गरी एउटा विस्तृत, व्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7677वि.सं. २०६३पूर्ण इजलास

लिखत बदर हक कायम

§ लेनदेन व्यवहारको महल अन्तर्गत परेको फिरादबाट अंशवण्डाको महलबमोजिम अंशियारको अंश लाग्ने नलाग्ने भनी अदालतबाट निक्र्यौल गर्न कानूनसम्मत नहुने । § आफ्नो इच्छा अनुकूल हक हस्तान्तरण गरी अरु कसैलाई दिन त्यस्तो हक हुने व्यक्ति स्वतन्त्र हुने । § प्रस्तुत मुद्दामा द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7675वि.सं. २०६३पूर्ण इजलास

उत्प्रेषण परमादेशसमेत

§ अदालतको फैसला त्रूटिपूर्ण भई उपचारबाट वंचित भएमा कानूनी हकबाट वंचित हुने । § तल्लो अदालत निकाय वा अधिकारीको फैसलाबाट पीडित भएको पक्षले उपचारको लागि पुनरावेदन गर्न पाउने बारे विधायिका मौन छ भने फैसला ठीक वेठीक के छ भनी जचाउन पाउने अधिकारबाट वंचित गरिएको हुन ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7675वि.सं. २०६३विशेष इजलास

उत्प्रेषण परमादेशसमेत

§ संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाइएकोले वा अन्य कुनै कारणले यो कानून यो संविधानसंग वाझिएको हुंदा सो कानून वा त्यसको कुनै माग बदर घोषित गरिपाऊँ भनी कुनै पनि नेपाली नगारिकले निवेदन दिएमा त्यस्तो कानूनको संवैधानिकताको परिक्षण अदालतले गर्न सक्…

नजिर सार पढ्नुहोस् →