नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7686 · वि.सं. २०६३
नि.नं. 7686 — सरकारी कागज किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५२ बमोजिम साक्षीसरह वकपत्र गराई पक्षलाई जिरह गर्ने मौका दिएपछि मात्र रेखा विशेषज्ञको रायलाई प्रमाणमा लिनुपर्ने । § अदालतबाट विशेषज्ञलाई झिकाई बकपत्र गराउनु भन्ने आदेश भएकोमा पटक पटक म्याद सूचना पठाउंदा पनि विशेषज्ञको वतन नै फेला नपरेको भनी विशेषज्ञले उपस्थित भई बकपत्र गर्न र पक्षले निजसंग जिरह गर्न पाएको अवस्था नदेखिने । § विशेषज्ञको बकपत्र हुन नसकी र पक्षले जिरह गर्न नपाएको यस्तो रायलाई उक्त कानूनी व्यवस्था बमोजिम प्रमाणको रुपमा ग्रहण गर्न र सोही रायको आधारमा थपिएका भनिएका अक्षरहरु यी पुनरावेदककै हुन् भन्न मान्न नमिल्ने । (प्रकरण नं.३९) § लिखतमा थपिएको अंश लिखत भइसके पश्चात थपिएको र सो थप्दा यी पुनरावेदकको हस्ताक्षर रहेको देखिने स्पष्ट, कानूनसंगत एवं विवादरहित प्रमाण मिसिलमा संलग्न रहेको नदेखिएकाले पुनरावेदकलाई कसूरदार ठहर्याई सजाय गरेको जिल्ला अदालतको फैसला तथा त्यसलाई सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.४०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7686 |
|---|---|
| मुद्दाको विषय | सरकारी कागज किर्ते |
| निर्णय वर्ष / मिति | 2063/02/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7686 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
