नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7695 · वि.सं. २०६३

नि.नं. 7695 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आयोजना संचालन गर्दा त्यसबाट वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन (ETA) गर्नुपर्ने गरी वातावरण संरक्षण ऐनले गरेको ब्यवस्था बमोजिम नहरको पानी तालमा राख्ने र बढी भएमा Outlet बाट लैजाने भनी गर्न लागिएको कार्यका सम्बन्धमा वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन समेत भए गरेको नपाइनाले वीसहजारी तालको दक्षिण किनारामा खनिएको खाल्टो र त्यहाँ गर्न लागिएका अन्य योजनाहरू कार्यान्वयन गर्दा वातावरण संरक्षण ऐन, २०५३ को दफा ३, ४ र ५ तथा सीमसार नीति २०५९ र रामसार महासन्धि १९७१ र जैविक विविधता महासन्धि १९९२ अनुकूल काम भएको छ भनी मान्न नमिल्ने । (प्रकरण नं. १८) § संरक्षित क्षेत्र भन्ने नामाकरणले नै यी क्षेत्र अन्य क्षेत्रभन्दा संवेदनशील हुन भनी मान्नुपर्ने हुन्छ। यस्ता संवेदनशील क्षेत्र राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय महत्वका समेत भएकोले यी क्षेत्रको संरक्षण गर्नु राष्ट्रको प्रमुख दायित्व हुने । § विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको बीसहजारी ताल र त्यसको वरिपरिको क्षेत्रको संरक्षणसम्बन्धी विषय राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय महत्वको समेत भएकोले वीसहजारी ताल र यसको वरिपरिे कुनै योजना संचालन गर्नुपर्ने भएमा Comprehensive रुपको Master Plan तयार गरी वातावरण संरक्षण ऐन, २०५३ को दफा ९ र १०, सीमसार नीति २०५९, रामसार महासन्धि १९७१, जैविक विविधता महासन्धि १९९२ र संविधानको धारा २६(२) समेतलाई मध्यनजर राखी सीमसार क्षेत्र बीसहजारी तालको संरक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाई कार्य गर्नु गराउनु भनी विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7695
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7695
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्