नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7688 · वि.सं. २०६३
नि.नं. 7688 — उत्प्रेषण परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन सुन्ने अड्डा भनी नामाकरण गरिदैमा सबै प्रकारको उजुरी सुन्ने अधिकार स्वतः निसृत हुन्छ भन्ने होइन । अधिकारक्षेत्र कानूनले निश्चित गरिदिएको हुन्छ र त्यसको सीमाभित्र रहेर सबै निकाय वा अधिकारीले तोकिए बमोजिमको कार्य गर्नुपर्ने । § आफु समक्ष पुनरावेदन लाग्ने मुद्दामा पुनरावेदन अदालतको अधिकारक्षेत्र आकर्षित हुन्छ । सोही परिप्रेक्ष्यमा अ.वं.१७ नं.मा उल्लेख भएको “आफ्ना मातहतका अड्डामा परेको मुद्दाको कामकारवाही” भन्ने कुराको अर्थवोध गर्नुपर्ने । § न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) मा भएको “मुद्दा मामिलामा गरेको शुरु फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने” भन्ने व्यवस्था र अ.वं.१७ नं.मा भएको “आफ्नो मातहतका अड्डामा परेको मुद्दाको कामकारवाहीमा म्याद नाघेको वा वेरीत भएको” विषयमा पुनरावेदन सुन्ने अड्डा (पुनरावेदन अदालत) को अधिकारक्षेत्र हुने व्यवस्थाले आफू कहाँ पुनरावेदन लाग्ने मुद्दाको काम कारावहीमा वेरीत भएमा मात्र पुनरावेदन अदालतले हस्तक्षेप गर्न सक्ने । § मातहत अड्डा हुनु मात्र पर्याप्त हुँदैन, सो अड्डाले छिनेको मुद्दामा आफु कहाँ पुनरावेदन लाग्ने र सुन्ने अधिकारक्षेत्र कानूनले प्रदान गरेको अवस्थामा मात्र अ.वं.१७ नं.को निवेदन लिई हेरी कानून बमोजिम निकासा दिन सक्ने अधिकार पुनरावेदन अदालतलाई हुने देखिन्छ । अन्यथा अधिकारक्षेत्रात्मक त्रूटि हुन जाने । (प्रकरण नं.१३) § भुमि सुधार कार्यालयले मोहि जग्गा बाँडफाँड सम्बन्धी मुद्दा मुल्तवीमा राख्ने गरी गरेको आदेश उपर अ.वं.१७ नं.को निवेदन सुनी बदर गर्ने गरेको पुनरावेदन अदालतको आदेश आफुकहाँ पुनरावेदन नलाग्ने मुद्दाको कामकारवाहीको विषयमा अधिकारक्षेत्रात्मक त्रूटि गरी गरेको देखिन आएबाट सो आदेश गरेको हदसम्मको कामकारवाही त्रूटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्धारा बदर हुने। (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7688 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2063/03/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7688 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
