नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7698 · वि.सं. २०६३

नि.नं. 7698 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिउत्तर जिकिर मै वावु आमा तथा भाई भारतमै रहेको सम्पत्ति लिई त्यही वसेको आफु नेपालमा आफ्नो ससुरालीमा वसेको भनेवाट केवल वादी प्रतिवादीका परिवार भारत र नेपाल आई अलग अलग ठाउंमा वसेकै कारणले सवूद प्रमाणको अभावमा अँशवण्डा भएको भन्न नमिल्ने । (प्रकरण नं.१३) § वादीले तायदातीमा उल्लेख गरेको अन्य जग्गाहरु रजिष्ट्रेशन पारित गरी खरिद गरेको देखिएकोमा सो रजिष्ट्रेशन पारित गरी लिएका जग्गाहरु वकसपत्रवाट प्राप्त सम्पत्तिहरुवाट समेत वढे वढाएको भनी वादीले वस्तुनिष्ट प्रमाण गुजार्न नसकेको हुंदा त्यस्तो सम्पत्तिलाई निजी आर्जनको भन्न नमिल्ने । (प्रकरण नं.१४) § वादीहरुसंग नेपालको नागरिकता नभएकोले अंश प्राप्त गर्न नसक्ने भन्ने प्रतिवादीको भनाई तर्फ मुलुकी ऐन अंशवण्डाको समग्र कानूनी व्यवस्था हेर्दा नेपाली नागरिकता नहुने सगोलको अंशियाराले अंश प्राप्त गर्न नसक्ने भनी भन्न नमिल्ने । § अदलको ३ नं. को कानूनी व्यवस्था हेर्दा समेत नेपालको नगारिकता नभएको विदेशीको नेपालमा रहेको सम्पत्तिमा अंश लाग्ने रहेछ भने नेपाली नागरिकता नभएका अंशियारले पनि अंश प्रापत गर्न सक्ने नै देखिने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7698
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2063/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7698
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्