नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7692 · वि.सं. २०६३

नि.नं. 7692 — उत्प्रेषण मिश्रित परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनी प्रश्नका सम्बन्धमा विलम्बको सिद्धान्त आकर्षित हुन नसक्ने । § कानून स्पष्ट हुँदाहुँदै पनि कार्यान्वयन नगर्ने वा कार्यान्वयनमा ढिलाई गर्ने अनि त्यसैको आडमा हक प्राप्त व्यक्तिलाई हक इन्कार गर्न विलम्ब जस्ता सिद्धान्तको आड लिनदिने हो भने निजामती प्रशासनमा अकर्मण्यता छाउने खतरा रहने । (प्रकरण नं.१२) § निजामती प्रशासनलाई चुस्त र दुरुस्त बनाउन, जनताप्रतिको स्तरीय सेवाको सुनिश्चितता बढाउन तथा निजामती प्रशासनका अभिन्न अंगको रुपमा रहेका कर्मचारीहरुले काम प्रति प्रतिबद्धता देखाउने तथा सोबाट उत्प्रेरित भइरहने अवस्था सुचारु राख्न ल्याइएको प्रोत्साहनमुखी कानूनी व्यवस्थालाई निरर्थक वा अप्रयोगको स्थितितर्फ लैजान नहुने । (प्रकरण नं.१३) § निवेदकले निजामती सेवा नियमावलीबमोजिम प्राप्त गरेको पुरस्कारस्वरुपको थप तलववृद्धि अन्तिम तलवमान भन्दा बढी हुने भएकोले दिन नमिल्ने भन्ने समेतका निर्णय र सो बमोजिमका पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकले प्राप्त गरेको पुरस्कार स्वरुपको रकम र थप तलववृद्धि समेत जोडी तलवमान दिनु भनी विपक्षीहरुका नाउमा परमादेश समेत जारी हुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7692
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश
निर्णय वर्ष / मिति2063/01/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली र ०५९।१०।३ को निर्णयको जानकारीबाट निवेदन गर्न आएको तर संविधानको कुन धाराको हक हनन् भएको हो | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय न्यायसंगत नै हुंदा सो राय सदर   हुन्छ । उक्त राय बमोजिम विपक्षी सामान्य प्रशासन मन्त्रालयका निवेदकले निजामती सेवा नियमावली
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7692
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्