नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7682 · वि.सं. २०६३
नि.नं. 7682 — जवर्जस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन जर्वजस्ती करणीको १ नं. अनुसार जर्वजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनिभित्रै बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनी वीच सामान्य घस्रण पर्याप्त देखिने । (प्रकरण नं.३४) § स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीले बच्चाको योनिद्धार (Vaginal nifice) एकदमै साँगुरो हुने र बयस्क पुरुषको लिङ्गको मोटाई बढी हुने भएको र करणी गर्ने प्रयासमा योनी भित्र लिङ्ग छिराउने प्रयास गर्दा लिङ्ग नछिरेको तर योनीको बाहिरी भाग र मुत्रनलीको बाहिरी भागमा घर्षण गर्दा निलडामहरु देखिएको भन्ने व्यहोरा उल्लेख भएको अवस्थामा पीडितको योनीको कन्याजाली नच्यातिनु स्वभिाविक हुन आउने । § घटनासंग संवद्ध अन्य तथ्यहरुवाट जवरजस्ती करणीको अपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनि भित्र लिङ्गको पूर्ण प्रवेश नभएको कन्याजाली नच्यातिएको, विर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसूरवाट मुक्त गर्न नमिल्ने । (प्रकरण नं.३६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7682 |
|---|---|
| मुद्दाको विषय | जवर्जस्ती करणी |
| निर्णय वर्ष / मिति | 2063/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7682 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
