नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7693 · वि.सं. २०६३

नि.नं. 7693 — उत्प्रेषण, परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ महिला तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीहरु समेतका विपरीत रहेका विभेदजन्य ऐन कानून संशोधनको क्रममा रहेको भन्ने लिखितजवाफ रहेको सन्दर्भमा बालबालिका सम्बन्धी ऐन, २०४८ मा महिला तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीहरुको विपरीतका प्रावधान रहेको भए संशोधनका क्रममा पर्न आउने । (प्रकरण नं.१४) § बालबालिका सम्बन्धी ऐन, २०४८ का प्रावधानहरु बालवालिकाको हक हितसंग सम्वन्धित भएको र निबेदकहरुले अमान्य घोषित गराई माग्न जिकिर लिएको उक्त ऐनको दफा ३(१) को प्रावधान बालवालिकाको नाम राख्ने सम्बन्धमा कार्यविधि व्यवस्थित गर्ने कुरा परिचयात्मक प्रकृतिको भै परिवारमा आपसी सल्लाह समझदारीवाट हुने व्यवहार प्रचलनको विषय रहने । § महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको लिखित जवाफमा अन्तर्राष्ट्रिय महासन्धीहरुको अनुमोदन पश्चात विभेदजन्य देखिएका कानूनहरुमा संशोधन गर्ने सम्बन्धमा उच्चस्तरीय समिति गठन भई सो समितिले पेश गरे अनुरुप विभेदपूर्ण देखिएका कानूनहरुको पुनरावलोकन गरी संशोधन गर्ने क्रममा रहेको भन्ने उल्लेख भएकोले निवेदकले जिकिर लिएको कानूनमा पनि समायानुकूल संशोधन हुन सक्ने अवस्था समेत रहेकोले रिट निवेदन माग बमोजिम बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ३(१) को प्रावधानलाई अमान्य घोषित गरिरहन नपर्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7693
मुद्दाको विषयउत्प्रेषण, परमादेश
निर्णय वर्ष / मिति2063/05/15
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7693
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्