नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7677 · वि.सं. २०६३

नि.नं. 7677 — लिखत बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेन व्यवहारको महल अन्तर्गत परेको फिरादबाट अंशवण्डाको महलबमोजिम अंशियारको अंश लाग्ने नलाग्ने भनी अदालतबाट निक्र्यौल गर्न कानूनसम्मत नहुने । § आफ्नो इच्छा अनुकूल हक हस्तान्तरण गरी अरु कसैलाई दिन त्यस्तो हक हुने व्यक्ति स्वतन्त्र हुने । § प्रस्तुत मुद्दामा दानपत्रबाट प्रतिवादी पुस्कर कुमार कुर्मीले पाएको जग्गा मध्येबाट प्रतिवादी मुमताज जोलाहालाई ०५४।७।२७ मा लिखत पारित गरिदिएको देखिन्छ । दानपत्रमा उल्लिखित व्यहोराबाट प्रतिवादी पुस्कर कुमार कुर्मी सो लिखत गरिदिन स्वतन्त्र भई अरु अंशियार कसैको सहमति लिन आवश्यक नपर्ने । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7677
मुद्दाको विषयलिखत बदर हक कायम
निर्णय वर्ष / मिति2063/03/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको राय । | माननीय न्यायाधीश श्री परमानन्द झाको राय । | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको राय सदर हुनु पर्छ भनी वहश गर्नु भयो । | माननीय न्यायाधीश श्री परमानन्द झाको राय कानूनसम्मत हुंदा सोही राय सदर हुने गरी इन्साफ हुनु पर्छ भनी वहश गर्नुभयो । | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको रायसंग सहमत हुन सकिएन । वादी दावी पुग्न नसक्ने गरेको शुरु बांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको ०५७।६।८ को इन्साफलाई कायमै रहने ठहर गर्नु भएको माननीय न्यायाधीश श्री परमान्द झा को राय मिलेकै देखिंदा मनासीव  ठहर्छ । पुनरावेदन अदालत नेपालगंजको ०५७।६।८ को फैसला सदर हुने ठहरेकोले अरु केही गरिरहनु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7677
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्