नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7691 · वि.सं. २०६३
नि.नं. 7691 — परमादेश मिश्रीत निषेधाज्ञा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वैंकसंग राखेको धितो लिलाम बिक्री गरी असुल उपर गर्दा त्यस्तो धितोवाट वैंकको सांवा र व्याजको पुरा रकम असुल उपर हुन नसकेमा असुल उपर हुन नसकेको जति रकम सो व्यक्तिको अन्य जायजेथावाट समेत वैंकले लिलाम बिक्री गरी असुल उपर गरी लिन सक्ने । (प्रकरण नं.१२) § निवेदकले विपक्षी वैंकसग लिएको सम्पूर्ण ऋृण रकम नवुझाएकोले लिलाम प्रकृया चली कसैले सकार नगरेको अवस्थामा वैंक आफैले सकारेको र निवेदक स्वयंले वैंकमा धितो राखेको सम्पत्ति लिलाम बिक्री गरी सोवाट पनि नपुगे मेरो अन्य चल, अचल जायजेथावाट समेत बिक्री गरी सांवा व्याज कानून वमोजिम असुल उपर गरी लिनु भनी मन्जुरी दिई निवेदन दिएको अवस्थामा विपक्षी वैंकले लिलाम बिक्री गर्न लागेको कार्य कानून वमोजिम नै देखिने। (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7691 |
|---|---|
| मुद्दाको विषय | परमादेश मिश्रीत निषेधाज्ञा । |
| निर्णय वर्ष / मिति | 2063/02/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7691 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
