नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7680 · वि.सं. २०६३

नि.नं. 7680 — लिखत किर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ धनीले ऋणी उपर फिराद दायर गर्दा लिखतमा लेखाएको वतनमा नै गर्नपर्ने । § लिखत सद्दे ठहरिएपछि सो लिखतमा लेखाएको वादीको वतनलाई प्रतिवादीले किर्ते गरेको भनी भन्न नमिल्ने । § म्याद तामेल गर्ने गराउने कार्य कर्मचारीको भएको र यदि वादीहरुले भने जस्तै प्रतिवादीहरु समेतसंग मिलोमतो गरी म्याद तामेल भए गराएको भए सो सम्बन्धमा कर्मचारीहरुलाई समेत प्रतिवादी बनाउन पर्नेमा सो गरेको नदेखिएको अवस्थामा फिरादमा उल्लेखित वतनमा म्याद तामेल गर्ने गराउने कार्यलाई जालसाजीको संज्ञा दिई प्रतिवादीहरुलाई सजाय गर्न नमिल्ने । (प्रकरण नं.२४) § लिखत सद्दे ठहरी फैसला भएकोमा सो उपर पुनरावेदन परेको नदेखिएको र किर्ते भनिएको लिखत सद्दे भैसकेपछि उक्त लिखतमा उल्लेख भएको वतनमा म्याद तामेल गर्ने कार्य समेत जालसाजी पूर्वक भएको भन्न नमिल्ने हुँदा जालसाजी ठहराई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुने । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7680
मुद्दाको विषयलिखत किर्ते जालसाजी
निर्णय वर्ष / मिति2063/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7680
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्