नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7685 · वि.सं. २०६३

नि.नं. 7685 — उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विधायिकाले ऐनको निर्माण गर्दा प्रणालीको सूचारुपन (smooth working of system) मा अवरुद्ध हुने गरी ऐनको संरचना गरेको होला भनी अदालतले अनुमान नगर्ने । § विवादित राष्ट्र वैंक कार्यव्यवस्था नियमावली, २०५९ राष्ट्र वैंक ऐनको कार्यान्वयनको लागि दफा ११०(१) बमोजिम श्री ५ को सरकारको स्विकृति लिई राष्ट्रवैंकको संचालक समितिले वनाएको देखिंदा सो विनियमावली प्रत्यायोजित अधिकार भन्दा बाहिर गएर निर्माण भएको नदेखिन । (प्रकरण नं.१३) § Golden Hand shake को अवसर पूर्ण सद्भावना एवं सदासयताका साथ निवेदकहरुलाई दिइएको भन्ने विपक्षीहरुको भनाई रहेको पाइयो । यस्तो सुविधा लिने वा नलिने सम्वन्धमा सम्वन्धित कर्मचारीले नै निर्णय गर्ने हो । संगठनले विशेष उद्देश्य र प्रयोजनका लागि यस्तो योजना ल्याउने हुंदा सधै भरी सो योजना कायम राखी रहन्छ भन्ने हुँदैन । यस्तो सुविधालाई कानूनी हक अधिकारको रुपमा दावी गर्न नमिल्ने । § राष्ट्रवैंकका कर्मचारीहरु मध्ये निवेदकहरुलाई छानीछानी (Choose & Pick) अवकास दिएको नभई सवै कर्मचारीहरुमा सो व्यवस्था समान रुपमा लागु भएको अवस्थामा निवेदकहरुलाई भेदभावपूर्ण व्यवहार भएको नदेखिंदा समानताको हकको सिद्धान्त विपरीत भन्न नमिल्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7685
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ ।
निर्णय वर्ष / मिति2063/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7685
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्