§ पिपल्स फाइनान्स लिमिटेडको पत्रको आधारमा मालपोत कार्यालयले बिवादित जग्गाहरु रोक्का राख्ने गरेको कार्यलाई मालपोत कार्यालयको निर्णय होइन भन्न नमिल्ने । § मालपोत ऐनको दफा ३१ ले स्पष्ट रुपमा ऐनको ८ख वमोजिम मालपोत कार्यालयले गरेको निर्णय उपर पुनरावेदन अदालतमा पुनर…
§ वादी प्रतिवादी बीचमा जग्गा पारित गरी लिने दिने बिषयमा करार भै बैना लिनुदिनु गरेको सम्बन्धी कानूनी व्यवस्था हेर्दा करार ऐन, २०५६ को दफा ४०(१) ले कुनै बिक्रेताले मुल्य लिई कुनै बस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मन्जुर गरेकोमा ब…
§ सम्वन्धित अधिकारीले कानून बमोजिम आदेश गरी थुनामा राखेको मुद्दाको विषयवस्तु भित्र प्रवेश गरी चलि रहेको मुद्दालाई असर पर्ने गरी रिटक्षेत्रवाट हेर्न नमिल्ने भएपनि चलाइएको मुद्दा कानून अनुरुपको हो, होइन, कानूनको अख्तियारी अनुरुप थुनामा राखिएको हो, होइन ? थुनामा…
§ २०३५।७।६ मा फिराद दिदा वादीका वावु ओमकार राम र आफु विचमा मानो छुट्टीएको र अंशवण्डा समेत भएको भनी सगोलमै रहेको तथ्यलाई स्विकारी उक्त लिखत आफ्नो भाग जति बदर गरि पाउ भन्ने दावी लिएको देखिदा हाल प्रतिवादी शान्ता तण्डुकारले वण्डा भैसकेको भनि जिकिर लिन निज प्रमाण…
§ वेनामी उजुरीको आधारमा प्रस्तुत मुद्दाको कारवाही उठान भएपनि सो उजुरी हेर्दा कुन आर्थिक वर्षको परिचयात्मक कार्यक्रम संचालन गर्न विनीयोजित रकम प्रतिवादीहरूले कार्यक्रम नै संचालन नगरि मासी खाई भ्रष्टाचार गरेको हो भनी भन्न सकिने अवस्था नदेखिने । § परिचयात्मक गोष्…
§ घरसारमा भएको शर्तनामाको नाम दिइएको लिखतलाई आधार मानी नगरपालिकामा सिफारिसका लागि वादी र प्रतिवादीले संयुक्त निवेदन दिएको भएपनि उक्त शर्तनामाको कागजको कानूनी हैसियत शुन्य भएकाले कानूनले नै प्रमाणयोग्य नभएको लिखतको आधारमा कसैले त्यस्तो प्रमाण समाई कही कुनै कुरा…
§ ज्यान सम्बन्धीको १३ नं. र सो को देहाय (३) को कानूनी व्यवस्थाले ज्यान मार्ने मनसाय रही ज्यान मारेकोलाई मात्र यो नम्बर बमोजिम सजाय हुनसक्ने देखिन्छ । ज्यानमार्ने मनसाय ईवी वा योजना नभएको र तत्काल उठेको रीस थाम्न नसकी प्रहार गरेबाट ज्यान मर्न गएको अवस्थामा ज्या…
§ प्रस्तुत मुद्दा पर्नुभन्दा अगावै साँधसँधियारले गरिदिएको बाली मुचुल्कामा विवादित जग्गामा ३४ मुरी धान उब्जनी भएको भन्ने कुरा उल्लेख भएको र उक्त मुचुल्कालाई समर्थन गर्ने गरी पुन मुद्दा परेपछि भएको बाली मुचुल्कामा पनि विवादित जग्गामा ३४ मुरी नै धान उब्जा भएको भन…
§ निर्णय गर्ने अधिकारीले आफुमा निहित अधिकारलाई कानूनसम्मत ढंगले आधार र कारण खुलाई आफ्नो विवेक प्रयोग गरी निर्णय गर्नुपर्ने । § अधिकारको प्रयोग गर्दा अन्य निकाय वा अधिकारीको निर्देशनलाई आधार लिएर निर्णय गर्नु उचीत र कानूनसंगत नहुने । § अरुको निर्देशन बमोजिम आफ्…
§ विवाहित २(दुई) छोरीहरुकी आमा २७ वर्षकी जाहेरवालीलाई मन्दिर परिसरभित्र रहेको घरकोठा भित्र परपुरुषवाट जवरजस्ती करणीको कसूर अपराध भएको विषयलाई लिई प्रस्तुत मुद्दा दायर भएको पाइदा जाहेरवाली जस्तो अवस्थाकी स्वास्नी मानिसलाई परपुरुषले जवर्जस्ती करणी गर्दछ भने सो अ…
§ यस्तो व्यक्तिको रोहवरमा यस्तो अधिकारी समक्ष व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने भनेको अवस्था नभएपछि मरेको व्यक्तिले होस छंदै व्यक्त गरेको हो, हैन ? सो तथ्य पर्याप्त प्रमाणवाट पुष्टि हुन्छ, हुंदैन ? सो कुरा महत्वपूर्ण हुन आउने । § अस्पतालमा डाक्टर वा नर्स समक…
§ कवुलियत जग्गाधनी र मोहीका वीचमा मात्र हुन सक्दछ भने कूत भूमिसम्वन्धी ऐनमा उल्लेख भए अनुसार कवुलियत अनुसार जग्गावालाको प्रतिनिधि भै अर्को व्यक्तिले बुझिलिन सक्दछ । सो व्यवस्था अनुसार जग्गावालाको कवूलियत वेगर अन्य व्यक्तिले गरिदिएको कूत वुझेको भरपाईलाई मान्यता…
§ नेपाल कानून सरह मान्यता राख्ने नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा १९ को व्यवस्था, नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ), धारा १३ तथा धारा १६ मा व्यवस्थित विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, छापाखाना र पत्रपत्रिकासम्बन्धी हक त…
§ प्रत्यायोजित विधायन (Delegated Legislation) को न्यायिक पुनरावलोकनसम्बन्धी प्रशासकीय कानूनको अवधारणा अनुसार प्रत्यायोजित अधिकार प्रयोग गरी निर्माण गरिने नियम विनियम वा उपनियमले मुलुकको मूल कानूनको रुपमा रहेको संविधान तथा आफूलाई जन्म दिने ऐन (Parent Act) ले तो…
§ मुलुकी ऐन एघारौं संशोधनद्धारा विवाह सम्बन्धमा भएको विहावरीको महलमा विहावरी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मंजूरी भए १८ वर्ष र मंजूरी नभए २० वर्ष नपुगी विहावरी गर्न गराउन हुंदैन भन्ने देखिन्छ । सो व्यवस्था र विवाह दर्ता ऐनको दफा ४(३) को व्यवस्था समेत एक…
§ निर्वाचन आयोगबाट नेपाल कानून व्यवसायी परिषद्का पार्षदहरुको निर्वाचन हुन सक्ने परिकल्पना कानूनले गरेको देखिन नआउने । (प्रकरण नं.१६) § कानून व्यवसायी परिषद ऐनको दफा ४(१)(ङ) बमोजिम परिषद्मा पाँच विकास क्षेत्रवाट निर्वाचित पार्षदहरु रहने व्यवस्था गरी तत्सम्वन्धी…
§ निजी वन लगाउने व्यक्तिले त्यस्ता पैदावारको उचित व्यवस्थापन गर्न नसक्ने भन्न नमिल्ने । § नेपाल राजपत्र खण्ड ४४ संख्या ५४ को भाग ३ मा प्रकाशित सूचना अनुसार निजी आवादी भित्रको सालको रुख कटान गर्न प्रतिवन्ध रहेकोले सचिवस्तरवाट सालको रुख कटान र ओसारपसारमा प्रतिवन…
§ बसोवासका लागि प्राप्त जग्गामा एकबर्षभित्र घर बनाई बसोवास गरि भोगचलन गर्नुपर्ने तथा नियमानुसार धितो पनि राख्न सकिने गरि निवेदकहरुले हक स्थापित गरेको एवं निजहरुले सो वितरीत जग्गा वापत बुझाउनुपर्ने राजश्व समेत दाखिल गरेको निवेदन सम्बन्धमा कुनै खण्डन नगरी आयोगले…
§ मोटर मर्मत गराई ल्याई सकेपछि प्राविधिकवाट जांच गराउंदा रिवाइण्डिङ्ग वा मर्मत कार्य नभएको भन्ने एकता इलेक्ट्रिक वर्क्सपको प्रतिवेदनवाट मोटर रिवाइण्डिङ्ग भएको प्रमाणित हुन नआउने भनी मेकानिकल इन्जिनियर र नेपाल विद्युत प्राधिकरणका सहायक प्रवन्धकको संयुक्त जांच प…
§ अंश मुद्दाको फैसलाले पनि ऋण वण्डा हुने ठहराएको अवस्था नभै सो फैसला अन्तिम भएर रहेको देखिदा पछि वादीले दिएको लेनदेन मुद्दामा रतनवहादुर बाहेक यी वादीहरु मध्ये कसैलाई पनि विपक्षी बनाएको नदेखिएकोले सो लिखत सोही समयमा प्रकाशमा आएको संझन नमिल्ने । § लिखत बमोजिमको…
§ प्रहरी नियमावलीले तोकेको रित पुर्याई सफाईको मौका समेत दिइएको हुँदा सुनुवाईको मौकानै नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरिएको भन्ने निवेदकको जिकिर समेत मनासिव नदेखिने । (प्रकरण नं.११) § एउटै कसूरमा सामान्य र विशेष सजाय गर्न पाउने गरी निर्णय गर्ने…
§ ८ बर्षकी नवालिका पार्वतीलाई आफ्नो लिङ्ग खेलाउन लगाई खाटमा सुताई बलपूर्वक निजको योनीमा लिङ्ग पुर्याई वीर्य स्खलन गराएको कार्य जवरजस्ती करणीको कसूर नहुने भन्न नमिल्ने । § जवरजस्ती करणीको कसूर खासगरी महिलाको शरीर र इज्जतमाथि यौनेच्छा पूरा गर्ने उद्देश्यबाट गरि…
§ देशमा तत्काल विद्यमान आतंक र विध्वंसात्मक कार्यलाई विशेषरूपले हेरी त्यसलाई छुट्टै परिभाषित गरी निबारक नजरबन्दको व्यवस्था र सजायँको व्यवस्थाव्दारा त्यसलाई नियन्त्रण गर्ने उद्देश्य अध्यादेशको रहेको कुरा अध्यादेशको समग्र अध्ययनबाट देखिन आउँदा यसलाई केवल दण्डनीय…