नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7668 · वि.सं. २०६३

नि.नं. 7668 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ज्यान सम्बन्धीको १३ नं. र सो को देहाय (३) को कानूनी व्यवस्थाले ज्यान मार्ने मनसाय रही ज्यान मारेकोलाई मात्र यो नम्बर बमोजिम सजाय हुनसक्ने देखिन्छ । ज्यानमार्ने मनसाय ईवी वा योजना नभएको र तत्काल उठेको रीस थाम्न नसकी प्रहार गरेबाट ज्यान मर्न गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. आकर्षित नहुने । (प्रकरण नं.३१) § ज्यान मार्ने पूर्व मनसाय रहेको वा लुकी चोरीकन हानेको जस्ता कुनै तत्वको विधमानता नभई कुनै कुरामा रीस उठेमा साधारण लात, मुक्का, लाठा, ढुंगाले हानेमा ज्यान मर्न गए १४ नं.को कसूर कायम हुने । § आफूसंग मात्र झैं झगडा भै रीस उठेमा मात्र उक्त नं. आकर्षित हुने र अन्य व्यक्तिसंगको झगडामा रीस उठी प्रहार गरेमा आकर्षित नहुने भन्न नमिल्ने । (प्रकरण नं.३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7668
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2063/02/39
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7668
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्