नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7661 · वि.सं. २०६३
नि.नं. 7661 — संविधानसंग बाझिएको अध्यादेश बदर गरिपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल कानून सरह मान्यता राख्ने नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को धारा १९ को व्यवस्था, नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ), धारा १३ तथा धारा १६ मा व्यवस्थित विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, छापाखाना र पत्रपत्रिकासम्बन्धी हक तथा सूचनाको हक तथा उल्लेखित मौलिक हकका सम्बन्धमा यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको सन्दर्भमा सञ्चारसम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा संचारसम्बन्धी विभिन्न नेपाल कानूनमा गरिएको संशोधित कानूनी व्यवस्थाहरू संविधानको धारा १२(२)(क), धारा १३ र धारा १६ तथा नागरिक तथा राजनौतिक अधिकार सम्बन्धी महासन्धि, १९६६ को धारा १९ विपरीत रहेको देखिन आउने । § मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल अधिराज्यको संविधान, २०४७ मा भएको संवैधानिक व्यवस्था तथा यस अदालतवाट प्रतिपादित सिद्धान्त विपरीत रहेको विवादित अध्यादेश नेपाल सरकारको मिति २०६३।१।२९ को नेपाल राजपत्रको सूचनाबाट खारेज भइसकेको अवस्था देखिएकोले निवेदकले बदर गर्न माग गरेको संचारसम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२ लाई मागबमोजिम बदर घोषित गरिरहनु नपर्ने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7661 |
|---|---|
| मुद्दाको विषय | संविधानसंग बाझिएको अध्यादेश बदर गरिपाऊँ |
| निर्णय वर्ष / मिति | 2063/03/22 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7661 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
