नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7660 · वि.सं. २०६३
नि.नं. 7660 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रत्यायोजित विधायन (Delegated Legislation) को न्यायिक पुनरावलोकनसम्बन्धी प्रशासकीय कानूनको अवधारणा अनुसार प्रत्यायोजित अधिकार प्रयोग गरी निर्माण गरिने नियम विनियम वा उपनियमले मुलुकको मूल कानूनको रुपमा रहेको संविधान तथा आफूलाई जन्म दिने ऐन (Parent Act) ले तोकिदिएको सीमारेखालाई नाघ्न नसक्ने । § प्रत्यायोजित अधिकार प्रयोग गरी निर्माण गरिने नियममा ऐनमा व्यवस्थित सारवान कानूनी व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिगत विषयमा व्यवस्था गर्न सकिने हुन्छ। विधायिका निर्मित ऐनले परिकल्पना नै नगरेको विषयमा उक्त ऐन अन्तर्गत बनेको नियममा कुनै व्यवस्था गर्न नसकिने । (प्रकरण नं.१६) § राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ७ ले राष्ट्र र राष्ट्रियहितलाई ध्यानमा राखि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एक पटकमा ६ महिनामा नबढाई कुनै खास विषय, घटना वा क्षेत्रसंग सम्बन्धित कुनै कार्यक्रम प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्ने व्यवस्था गरेकोमा राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ८ को खण्ड (च) मा युद्ध वा संकटकालीन समयमा मन्त्रालयले कुनै खास कार्यक्रमहरू मात्र प्रसारण गर्न निर्देशन दिएमा सोही कार्यक्रमहरू मात्र प्रसारण गर्नुपर्ने भनी तोकिएको शर्त ऐनको दफा ७ ले गरेको कानूनी व्यवस्थाको विपरीत भई प्रत्यायोजित विधायन सम्बन्धी सिद्धान्त अनुकूल समेत रहेको नदेखिने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7660 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2063/01/21 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7660 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
