नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7658 · वि.सं. २०६३

नि.नं. 7658 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्वाचन आयोगबाट नेपाल कानून व्यवसायी परिषद्का पार्षदहरुको निर्वाचन हुन सक्ने परिकल्पना कानूनले गरेको देखिन नआउने । (प्रकरण नं.१६) § कानून व्यवसायी परिषद ऐनको दफा ४(१)(ङ) बमोजिम परिषद्मा पाँच विकास क्षेत्रवाट निर्वाचित पार्षदहरु रहने व्यवस्था गरी तत्सम्वन्धी कार्यविधि तोकिए बमोजिम हुने भन्ने व्यवस्था भएअनुसार नियमावलीको नियम ३(१) मा गरिएको व्यवस्था स्पष्ट रुपमा ऐनको उद्देश्य प्रतिकूल रहेको देखिन नआउने । § पार्षदको निर्वाचन हुने व्यवस्था ऐनले गरेकोमा त्यसको कार्यान्वयन हुनुपर्ने नै हुंदा निर्वाचन प्रक्रियासम्बन्धी व्यवस्था नियमले गरेकोलाई अन्यथा भन्न र परिकल्पना गर्न स्वतः नमिल्ने । (प्रकरण नं.१८) § निवेदककले विवाद उठाएको निर्वाचन सम्पन्न भएको करिव ३ महिना पछि विनाकारण अनुचित विलम्ब गरी रिट निवेदन दर्ता गर्न आएको र परिषद्को पार्षदहरुको निर्वाचन सम्पन्न भई निर्वाचित पार्षदहरुबाट नियमित रुपमा कार्य संचालन गरी लामो समय व्यतित भइसकेको देखिंदा निवेदकको मागदावी बिलम्वको सिद्धान्तको आधारमा समेत औचित्यपूर्ण देखिन नआउने। (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7658
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/01/28
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7658
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्