नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7671 · वि.सं. २०६३
नि.नं. 7671 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २०३५।७।६ मा फिराद दिदा वादीका वावु ओमकार राम र आफु विचमा मानो छुट्टीएको र अंशवण्डा समेत भएको भनी सगोलमै रहेको तथ्यलाई स्विकारी उक्त लिखत आफ्नो भाग जति बदर गरि पाउ भन्ने दावी लिएको देखिदा हाल प्रतिवादी शान्ता तण्डुकारले वण्डा भैसकेको भनि जिकिर लिन निज प्रमाण ऐन २०३१ को दफा ३४ वमोजिम विवन्धित हुने । § वादी प्रतिवादी विच विधिवत रुपमा अंशवण्डा भएको ठोस रुपमा प्रमाणीत नभएको अवस्थामा वादीहरुले प्रतिवादीवाट अंश पाउने । (प्रकरण नं.१४) § वादी प्रतिवादीहरु अंशियार भै यिनीहरु बीच विधिवत रुपमा वण्डा भएको अवस्था नभएको र वादीहरुका पीता अंश लिई छुट्टी भिन्न भैसकेको भन्ने जिकिर लिने प्रतिवादीले अन्यथा प्रमाणीत गर्न नसकेवाट केवल प्रतिवादीले वादीका वावु अंश छुट्टीई भिन्न भएको भनि लिएको प्रतिउत्तर जिकिर कै आधारले मात्रै अंश जस्तो नैसर्गिक अधिकारवाट वादीहरुलाई वन्चित गर्न नमिल्ने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7671 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2063/03/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7671 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
