नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7654 · वि.सं. २०६३
नि.नं. 7654 — जालसाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश मुद्दाको फैसलाले पनि ऋण वण्डा हुने ठहराएको अवस्था नभै सो फैसला अन्तिम भएर रहेको देखिदा पछि वादीले दिएको लेनदेन मुद्दामा रतनवहादुर बाहेक यी वादीहरु मध्ये कसैलाई पनि विपक्षी बनाएको नदेखिएकोले सो लिखत सोही समयमा प्रकाशमा आएको संझन नमिल्ने । § लिखत बमोजिमको साँवाव्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर भएको जिल्ला अदालतको २०५४।६।२ को फैसलाको नक्कल वादीहरुले २०५५।१।२५ मा रीतपूर्वक सारी थाहा पाएपछि मात्र सो लिखतको तथ्य प्रकाशमा आई आफ्नो हकमा समेत प्रतिकूल असर परेको ठानी २०५५।४।१७ मा वादीहरुको प्रस्तुत मुद्दाको फिराद परेको देखिएबाट काम भए गरेका मितिले किर्ते कागजको १८ नं.को हदम्याद भित्र फिराद दिनुपर्ने भन्ने सान्दर्भिक नदेखिने । (प्रकरण नं.१८) § किर्ते कागजको ३ नं. को कानूनी व्यवस्थालाई सरसर्ती हेर्दा जालसाजी क्रिया हुनलाई अर्काको हक मेट्ने वा कुनै तरहसँग नोक्सान पार्ने क्रिया भै सकेको अवस्थाको अनिवार्यता देखिने। (प्रकरण नं.१९) § वादीहरुले प्रतिवादीहरुको के कुन काम कुराले आफ्नो हक मेटिन गएको हो सो कुराको स्पष्ट रुपमा जिकिर लिन नसकेको र वादी दावीमा उल्लेख गरेको तथ्यबाट वादीहरुको हक जाने, नोक्सान हुने कुनै काम कारवाही भए गरेको अवस्था देखिन नआएकोले त्यस्तो अस्पष्ट र अनिश्चित दावीको आधारमा वादी माथि कुनै दायित्व आउँछकि भनी पूर्व अनुमान गरी जालसाजी जस्तो फौजदारी अपराधमा प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7654 |
|---|---|
| मुद्दाको विषय | जालसाज |
| निर्णय वर्ष / मिति | 2062/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री हरिजंग सिजापती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7654 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
