नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7665 · वि.सं. २०६३
नि.नं. 7665 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निर्णय गर्ने अधिकारीले आफुमा निहित अधिकारलाई कानूनसम्मत ढंगले आधार र कारण खुलाई आफ्नो विवेक प्रयोग गरी निर्णय गर्नुपर्ने । § अधिकारको प्रयोग गर्दा अन्य निकाय वा अधिकारीको निर्देशनलाई आधार लिएर निर्णय गर्नु उचीत र कानूनसंगत नहुने । § अरुको निर्देशन बमोजिम आफ्नो विवेक प्रयोग नगरी गरेको निर्णयलाई अधिकारको Mechanical exercise भन्नुपर्ने । § अञ्चल प्रशासन कार्यालयको निर्देशनको आधारमा वोलपत्र रद्द गर्ने गरि मध्यमान्चल सिंचाई विकास डिभिजन नं. ४ वाट भएको निर्णय र पुनः वोलपत्र आव्हान गर्ने गरी प्रकाशित सूचना लगायतका कामकारवाही उचित र कानूनसंगत नदेखिएको हुंदा उत्प्रेषणको आदेशवाट वदर हुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7665 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2063/03/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7665 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
